Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमालेमा चुनाव केन्द्रित कार्यविभाजन, तल्लो निकायमा अपानी जारी


२५, पुस २०८२
  • 109
    SHARES
  • एमालेमा चुनाव केन्द्रित कार्यविभाजन, तल्लो निकायमा अपानी जारी

    काठमाण्डौ – नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको पहिलो बैठक र दुई सचिवालय बैठकमा भएका महत्त्वपूर्ण निर्णयको जानकारी र कार्यान्वयनका लागि निर्देशन जारी गर्नुभएको हो ।

    अपानीमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै निर्वाचन केन्द्रित कार्यविभाजन गरिएको छ । निर्देशनमा पार्टीका पदाधिकारी र केन्द्रीय कमिटी सदस्यलाई चुनावको काममा केन्द्रित रहनेगरी परिचालन गर्ने नीतिअनुरुप अस्थायी कार्यविभाजन गरिएको छ ।

    पार्टीले सबै केन्द्रीय सदस्यलाई आफ्नो जिल्लामा चुनाव केन्द्रित जिम्मेवारी दिएको छ भने जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये १ जनालाई निर्वाचन संयोजक बनाइने र अन्य सदस्यलाई सदस्यको रूपमा राखेर कार्यविभाजन गरिएको छ ।

    यसरी एमालेले कूल २ सय ७७ केन्द्रीय सदस्यलाई चुनाव केन्द्रित कामको जिम्मेवारी प्रदान गरेको छ । निर्देशनमा केन्द्रीय कमिटी सदस्यमा मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र समग्र कार्यविभाजन प्रतिनिधिसभा चुनाव सम्पन्न भएपछि गरिने र चुनाव सम्पन्न भएको एक महिनाभित्र सम्बन्धित तहका कमिटीले निर्वाचनको समीक्षा गरी प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउने उल्लेख छ ।

    साथै, युवा केन्द्रित अभियानका लागि पार्टीले केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी तोकेको छ र युवालाई परिचालन गरी आमयुवालाई पार्टीको अभियानमा जोड्न सातवटै प्रदेशमा युवा संयोजक तोकिएको छ ।

    युवा परिचालनका लागि केन्द्रमा संयोजक क्षितिज थेवे र सहसंयोजक समिक बडाल रहेका छन् भने कोशी प्रदेशमा मनोज ताम्ली, मधेश प्रदेशमा मोविन आलम, बागमतीमा अमित लामा, राजधानी प्रदेशमा अमन मास्के, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिं परियार र सुदूरपश्चिम प्रदेशमा कमला बोहरा संयोजक बनाइएको छ ।

    पार्टीले बागमती प्रदेशलाई बागमती र राजधानी प्रदेश गरी दुई भागमा विभाजन गरेको छ । बागमती प्रदेश कमिटी र उपत्यका विशेष कमिटीमा रहेका पदाधिकारी तथा सदस्यलाई उनीहरुको भूगोल वा कार्यक्षेत्रअनुसार बागमती र राजधानी प्रदेश कमिटीमा राखेर संगठन कमिटी निर्माण गरिएको छ ।

    राजधानी प्रदेश संगठन कमिटीको अध्यक्षमा नारायण सिलवाल, उपाध्यक्षमा प्रेम महर्जन, सचिवमा मिलन धरेल, उपसचिवमा शशिजङ्ग थापा र बेलिमाया घलेलाई जिम्मेवारी दिइएको छ भने बागमती प्रदेश संगठन कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल, उपाध्यक्षमा दावा तामाङ, सचिवमा बालकृष्ण देउजा, उपसचिवमा भक्तकुमारी लामा र रमेश आचार्य, सम्पर्क विशेष संगठन कमिटीको अध्यक्षमा अशोक ठकुरी, उपाध्यक्षमा नारायण पाण्डे, सचिवमा कपिल ओली, उपसचिवमा प्रेमराज भट्ट र सत्यदेवी खड्का अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

    यसरी एमालेले निर्वाचन केन्द्रित रणनीति अघि सारेको छ र केन्द्रीय सदस्य तथा युवालाई सक्रिय परिचालन गर्दै प्रत्येक जिल्लामा जिम्मेवारी तोकेको छ भने बागमती र राजधानी प्रदेशलाई पृथक संगठन कमिटीमा विभाजन गरी कार्यक्षेत्रअनुसार व्यवस्थापन गरेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend