Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सरकारी प्रतिवेदन : नेपालमा २७ देखि ४६ वर्ष उमेरका व्यक्तिको औसत खर्चभन्दा आम्दानी धेरै


२५, पुस २०८२
  • 98
    SHARES
  • सरकारी प्रतिवेदन : नेपालमा २७ देखि ४६ वर्ष उमेरका व्यक्तिको औसत खर्चभन्दा आम्दानी धेरै

    काठमाण्डाै – नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी धेरै देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको 'नेशलन ट्रान्सफर एकाउन्ट' प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग धेरै रहेकाले जीवन चक्रीय अभाव अर्थात् 'लाइफ साइकल डेफिसिट' रहेको देखाएको हो ।

    प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले यो प्रतिवेदनले मान्छेको व्यक्तिगत जीवनमा कुन–कुन उमेरमा आम्दानी र खर्चको अवस्था कस्तो छ भनेर बुझ्न मद्दत पुग्ने बताउनुभयो । सामाजिक सुरक्षाका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, औद्योगिकलगायतका नीति निर्माण तथा रोजगारी सिर्जनाका कार्यक्रम तयार पार्न यी तथ्याङ्क महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी कमलप्रसाद पोख्रेलले 'नेशनल ट्रान्सफर एकाउन्ट' प्रतिवेदन नेपालमा पहिलो पटक तयार पारिएको र यसले विभिन्न उमेर समूहका व्यक्तिको आय, उपभोग, बचत र स्रोतको हस्तान्तरण कसरी भइरहेको छ भनेर हेरिएको बताउनुभयो ।

    गरिबीको लघु क्षेत्र अनुमान प्रतिवेदन सङ्घीयता कार्यान्वयनपछि पहिलो पटक तयार पारिएको हो । यो प्रतिवेदनले सङ्घ, प्रदेश र पालिकालाई गरिबी लक्षित योजना तथा कार्यक्रम बनाउन सहयोग पुग्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

    'नेशनल ट्रान्सफर एकाउन्ट' प्रतिवेदनले व्यक्तिको जीवनचक्र खातालाई प्रतिव्यक्ति र कुल सङ्ख्याका आधारमा अध्ययन गरेको छ । ‘जनसङ्ख्याको उमेरगत वितरणलाई तीन समूह (बालबालिका तथा युवा ०–२४ वर्ष, काम गर्ने उमेर समूह २५– ६४ वर्ष र वृद्ध जनसङ्ख्या ६५ वर्ष तथा त्याेभन्दा माथि) मा विभाजन गरि हेर्दा आर्थिक वर्ष २०७८/७९ मा जीवनचक्र घाटा सबैभन्दा कम २५–६४ वर्ष उमेर समूहमा देखिन्छ । यद्यपि यस समूहले पनि बचत पर्याप्त रूपमा गरेको देखिँदैन’, प्रतिवेदनमा भनिएको छ ।

    प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र त्याेभन्दा माथि उमेर समूहमा रहेको छ भने समग्रमा सबैभन्दा धेरै घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–६४ वर्षमा सबैभन्दा धेरै र ०–२४ वर्षमा सबैभन्दा कम देखिएको छ ।

    उमेरको विन्दुगत उपभोग र श्रम आम्दानीको अवस्था हेर्दा जन्मेदेखि २६ वर्ष उमेरसम्म श्रम आम्दानीभन्दा खर्च धेरै देखिएको हुनाले जीवन चक्रीय अभाव देखिन्छ भने २७ वर्षदेखि ४६ वर्षको अवधिमा खर्चभन्दा आम्दानी धेरै भएको हुनाले जीवन चक्रीय बचत रहेको देखिन्छ ।

    त्यसैगरी ४७ वर्ष उमेरपछि श्रम आम्दानीभन्दा खर्च धेरै भएकाले जीवन चक्रीय घाटा देखिन्छ । प्रतिवेदनअनुसार नेपालमा व्यक्तिको जीवनचक्रमा झन्डै २० वर्षको उमेर अवधिमा मात्र औसत रूपमा जीवनचक्र मुनाफा देखिन्छ । बाँकी उमेर अवधिमा जीवनचक्र घाटा देखिने भएकाले त्याे अवधिको उपभोग सम्पत्तिको पुनर्वितरणमार्फत वा पारिवारिक तथा सार्वजनिक हस्तान्तरणको माध्यमबाट पूरा गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

    सार्वजनिक र निजी उपभोग अलग गरि हेर्दा प्रतिव्यक्ति निजी उपभोग सार्वजनिक उपभोगभन्दा निकै ठूलो देखिएको छ । स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति सार्वजनिक उपभोग योगदानमा निजी उपभोगभन्दा ९०२ एकाइले बढी छ ।

    सन् २०२१/२२ मा प्रतिव्यक्ति कुल श्रम आम्दानी झन्डै ८७ हजार ८१४ रुपैयाँ रहेको छ । कुल श्रम आम्दानीको झन्डै ६९ प्रतिशत हिस्सा तलब तथा ज्यालाको छ भने झन्डै ३१ प्रतिशत हिस्सा स्वरोजगारबाट प्राप्त आम्दानीको रहेको छ ।

    उमेर समूहअनुसार हेर्दा २५ देखि ६४ वर्ष उमेर समूहको तलब तथा ज्यालाबाट प्राप्त आम्दानीको हिस्सा (७१ प्रतिशत) सबैभन्दा ठूलो रहेको छ भने ६५ वर्ष र माथिका वृद्ध उमेर समूहमा यो हिस्सा सबैभन्दा कम (३५ प्रतिशत) रहेको छ । यसरी उपभोग र श्रम आम्दानीबीच तुलनात्मक रूपमा ठूलो अन्तर देखिन्छ । देशको कुल उपभोगभन्दा कुल श्रम आम्दानी कम भएकाले ठूलो जीवनचक्र घाटा रहेको प्रतिवेदनमा उल्लेख छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend