Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए


१२, साउन २०८०
  • 107
    SHARES
  • राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
    काठमाडौं । राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थप्नुभएको छ । 
     
    थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा थप्नुभएको हो । यस तीन खेलाडी थपिएसँगै अब प्रारम्भिक टोलीमा ३३ सदस्यीय टोली बनेको छ । 
     
    प्रशिक्षक भिसेन्जोले तीन खेलाडीको आत्मविश्वास बढाउन राष्ट्रिय टोलीमा स्थान दिएको बताउनुभयो । नेपालको राष्ट्रिय फुटबल टोलीले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्नेछ । 
     
    नेपाल र लाओसवीचको खेल होम एन्ड अवे गरी दुई खेल हुनेछ । जसमा पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ । यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ । 
     
    नेपाली टोलीले आगामी अगष्ट १ तारिखदेखि बन्द प्रशिक्षणको सुरुआत गर्ने जनाएको छ । प्रारम्भिक चरणमा छनोट भएका नेपाली टोलीको गोलकिपरमा किरण लिम्बु, अनिष देउला, दीप कार्की र अभिषेक बराल छन् । 
     
    त्यस्तै डिफेन्डरमा  बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, अशिष श्रेष्ठ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई छन् । 
     
    मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आभाष लामिछाने, उत्सब राई, बिशाल तामाङ, बिबेक पौडेल, कृतिश रत्न छुन्जु, सन्तोष खत्री र कुशल फुयाल छन् भने फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आषिश चौधरी, बिमल घर्तिमगर, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिशुब थपलिया रहेका छन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend