Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको विशेष माधिवेशन पक्ष भोलि मात्रै निर्वाचन आयोग जाने


३०, पुस २०८२
  • 92
    SHARES
  • कांग्रेसको विशेष माधिवेशन पक्ष भोलि मात्रै निर्वाचन आयोग जाने

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर भोलि मात्रै निर्वाचन आयोग जाने भएको छ । विशेष महाधिवेशनबाट नेतृत्व चयन गरेर त्यसको अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारी छ ।

    शेरबहादुर देउवा पक्षले निर्वाचन आयोग पुगेर कांग्रेसले विशेष महाधिवेशन नगरेको भन्ने ब्यहोराको पत्र बुझाएको छ । त्यसपछि विशेष महाधिवेशन पक्षधरले पनि निर्वाचन आयोगका अधिकारीहरूसँग सम्पर्क गरेका थिए ।

    ‘दुवै पक्षले कतिबेलासम्म निर्वाचन आयोग आउँदा भेटिन्छ भन्ने आशयले कुरा गरेका थिए । एउटा पक्षले एउटा पत्र ल्याएर छोडेको छ । अर्कोले भोलि आउने भनेको छ’ एक अधिकारीले भने ।

    देउवा पक्षले नेपाली कांग्रेसको नाममा काठमाण्डौमा विशेष महाधिवेशन भएको भनी विभिन्न संचार माध्यममा आएको भन्दै त्यस्तो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको भनेर पत्र दिएको हो ।

    कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको आधिकारिता विशेष महाधिवेशन पक्षधरसँगै रहेको बताएका छन् । उनले भृकुटिमण्डपमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै विशेष महाधिवेशनले गर्ने निर्णय नै आधिकारिक हुने बताएका छन् ।

    विशेष महाधिवेशनले गर्ने निर्णय नै वैधानिक र संवैधानिक रहेको उनले बताएका छन् ।

    देउवा पक्षले निर्वाचन आयोगमा पत्र पठाएको उल्लेख गर्दै गगन थापाले भनेका छन्, ‘निर्वाचन आयोगमा पत्र पठाए, सँधैभरी सेटिङले चल्छ ? यसैगरी चलाइराख्ने हो ?’

    निर्वाचन आयोगले बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन गरेर गरेको निर्णयलाई आधिकारिता दिने पनि उनको विश्वास छ ।

    उनले भनेका छन्, ‘मलाई सबै संस्थाहरूप्रति विश्वास छ । नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिहरू जम्मा भएर विधिसम्मत ढंगले गरिएको विशेष महाधिवेशनबाट आएको परिणामलाई निर्वाचन आयोगले वैध ढंगले स्वीकार गर्छ भन्ने विश्वास छ । किनकी यसका वैधानिक कारण छन्, संवैधानिक कारण छन् ।’

    बरु देउवा पक्षले गरेको कारबाहीको सामान्य प्रक्रिया समेत पुरा नभएको उनले बताए । ‘कारबाही गर्नु भन्दला अगाडि स्पष्टीकरण सोध्नपर्दैन ?’ थापाको प्रश्न छ ।

    थापाले पार्टी नफुटेको पनि उनले बताए । उनले भनेका छन्, ‘पार्टी फुटेको छैन । यही आधिकारिक पार्टी हो ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend