Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेसको आधिकारिकता विवाद: गगन थापा नेतृत्वको टोली आज निर्वाचन आयोग जाँदै


१, माघ २०८२
  • 118
    SHARES
  • नेपाली कांग्रेसको आधिकारिकता विवाद: गगन थापा नेतृत्वको टोली आज निर्वाचन आयोग जाँदै

    काठमाडौँ- नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादसँगै पार्टीको आधिकारिकता सम्बन्धी कानुनी प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।

    गएराति सम्पन्न विशेष महाधिवेशन पक्षधर समूहले आज बिहीबार निर्वाचन आयोग पुगेर राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिकका लागि निवेदन दिने तयारी गरेको छ।

    पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भई बुधबार सम्पन्न भएको ‘दोस्रो विशेष महाधिवेशन’ बाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण आयोगको अभिलेखमा दर्ता गर्न लागिएको हो।

    विशेष महाधिवेशनले पार्टीको विधान र कानुनी प्रक्रिया पूरा गरेको दाबी गर्दै उक्त पक्षले आफूहरू नै आधिकारिक कांग्रेस भएको जिकिर गरेको छ।

    विशेष महाधिवेशनले गगन थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। थापाको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेमा पार्टीको नाम, झण्डा र चुनाव चिह्न (रुख) माथि यो समूहको वैधानिक दाबी पुग्नेछ।

    अर्कोतर्फ, संस्थापन पक्ष (देउवा समूह)ले भने यो महाधिवेशनलाई अवैधानिक भन्दै आयोगमा यसअघि नै जानकारी गराइसकेको छ।

    राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ मा दलको नाम, विधान, नियम, छाप, झण्डा वा पदाधिकारीको हेरफेर भएमा सोको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई दिनुपर्ने व्यवस्था छ।

    सोही प्रावधानलाई टेकेर थापा नेतृत्वको टोलीले आज आयोगमा आफ्नो दाबी पेश गर्न लागेको हो। आगामी निर्वाचनको मुखमा कांग्रेसभित्र देखिएको यो विभाजन र आधिकारिकताको लडाइँले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend