Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ : राष्ट्रपति पौडेल


१, माघ २०८२
  • 82
    SHARES
  • मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित भविष्य र मुलुकको निकासका लागि आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल पार्न सबै नेपालीलाई आग्रह गरेका छन्।

    बागलुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्ने दायित्वका लागि यो निर्वाचन महत्त्वपूर्ण रहेको बताएका हुन्। 

    ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताको चाहना पूरा गर्नुपर्नेमा उनले जोड दिए। जनताको हितलाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार र विकृति अन्त्य गर्दै विकासको गति तीव्र पार्नु आजको मुख्य आवश्यकता रहेको राष्ट्रपतिको भनाइ छ। 

    उनले परिवर्तित सन्दर्भमा नवपुस्ताको चाहना सम्बोधन गर्न र मुलुकलाई राजनीतिक दुष्चक्रबाट बचाउन आपसी समझदारी र सहकार्यबाट निर्वाचनको महायज्ञ सफल पार्नुपर्ने उल्लेख गरे। शिक्षा र रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले स्वदेशमै उत्पादन र उद्यमशीलताका नवीन आयामहरू विकास गर्नुपर्ने बताए।

    बदलिँदो विश्व परिवेशमा गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको औँल्याउँदै राष्ट्रपति पौडेलले विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीप र संस्कार सिकाउनुपर्ने बताए। राष्ट्र निर्माणको आधारशिला नै शिक्षा भएकाले यसलाई सरकारले सधैँ प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ। 

    कृषि क्षेत्रलाई आधुनिकीकरण र औद्योगिकीकरण गर्न सघाउने खालको शिक्षा नै अहिलेको आवश्यकता रहेको भन्दै उनले शिक्षालाई अनुसन्धान र व्यवसायमार्फत जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend