Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल


२, माघ २०८२
  • 93
    SHARES
  • आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

    काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार नेपालले अमेरिकासँग अभ्यास खेल खेल्दैछ । यो अन्तिम अभ्यास खेल हो ।

    नेपाल र अमेरिकाबीचको यो खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

    महिला टी–२० विश्वकप क्वालिफायर आइतबारदेखि काठमाडौंमा हुन् लागेको हो । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा भएको छ।

    टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय छन्।

    कस्तो छ खेल तालिका 
    समूह ‘बी’मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे छन् भने समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन्।

    नेपालले पहिलो खेलमा जनवरी १८ (आइतबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल मुलपानी मैदानमा हुँदैछ। नेपाली महिला टिम पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको हो।

    १० देश सहभागी सुपर सिक्सको छनोट हुनेछ। सुपर सिक्सबाट शीर्ष चारमा पर्न सफल देश २०२६ को विश्वकपमा छनोट हुनेछन्।

    पहिलो पटक विदेशी प्रशिक्षक
    क्यान पहिलो पटक महिला टोलीका लागि विदेशी प्रशिक्षकका रुपमा हर्षल पाठकलाई भित्र्याएको छ।

    क्यानले पुस १ गते पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका हुन्। यसले नेपाली टिममा उत्साह थपिएको छ। घरेलु मैदानमा हुने प्रतिगितामा सक्दो फाइदा उठाउने रणनीतिसहित नेपाली टिम मैदानमा हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend