Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको आधिकारिकता विवाद छिटो टुंग्याउन दबाब


२, माघ २०८२
  • 91
    SHARES
  • कांग्रेसको आधिकारिकता विवाद छिटो टुंग्याउन दबाब

     काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ । नेपाली कांग्रेसको दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाब बढाइरहेका छन् ।

    ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गराउने क्रममा उनीहरूले श्रृङखलाबद्ध रूपमा आयोगका पदाधिकारीहरू भेटिरहेका हुन् ।

    चौतर्फी दबाबका कारण निर्वाचनका नियमित काम गर्न कठिनाई भएको निष्कर्ष सहित आयोगले सक्दो छिटो आफ्नो निर्णय सुनाउने भनेको छ ।

    भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनासाथ गगन–विश्व समूहले निर्वाचन आयोगमा आफूहरूको विशेष महाधिवेशन भइरहेको भनेर जानकारी गराएको थियो ।

    त्यसको प्रतिवादमा देउवा समूहले भृकुटीमण्डपमा कुनै त्यस्तो विशेष महाधिवेशन नभएको भनी आयोगमा पत्र पठाएको थियो ।

    महाधिवेशन लगत्तै देउवा र गगन-विश्व समूहले निर्वाचन आयोगमा अभिलेख अद्यावधिका लागि भन्दै निवेदन सहितको फाइल बुझाएको छ । त्यसको जवाफमा शुक्रबार बिहान आयोगमा पुगेर विशेष महाधिवेशनमा हस्ताक्षर फिर्ता लिएको भन्दै ५ सय जनाको सूची बुझाएको हो ।

    देउवा पक्षले आयोगमा गएर अप्रत्यक्ष रूपमा धम्की र दबाब दिएको निष्कर्ष सहित गगन–विश्व समूह पनि निर्वाचन आयोग पुगेको छ ।

    ‘ती त आयोग परिसरमा देखिएका गतिविधि र क्रियाकलाप भए, नदेखिएका फोन, दबाब र अरू क्रियाकलाप कति होलान्,’ निर्वाचन आयोगसम्वद्ध स्रोतले भन्यो, ‘आयोगका पदाधिकारीहरू निकै दबाबपूर्ण अवस्थामा छन् । तत्काल निर्णय दिनुपर्ने मनस्थितिका साथ काम भइरहेको देखिन्छ ।’

    आयोगसम्बद्ध स्रोतका अनुसार, सम्भव भएसम्म शुक्रबार अपराह्न, त्यसो हुन नसके शनिबार आयोगले एउटा निर्णय गर्नसक्छ । स्रोतले भन्यो, ‘सोमबार सार्वजनिक बिदा र मंगलबार देशव्यापी मनोनयन भएकाले पनि आयोगलाई तत्कालै निर्णय दिन दबाब छ ।’

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई अहिले आयोगले राजनीतिक दलहरूसँग छलफल गरिरहेको र पदाधिकारीहरू त्यसमै व्यस्त भएको बताए ।

    ‘त्यसपछि पनि केही भेटघाट र छलफल छन्, अनि बल्ल आयोगको बैठक बस्ने सम्भावना होला,’ उनले भने, ‘आजै के हुन्छ भनेर अनुमान गर्न सक्दिनँ । ढिलोसम्ममा केही थाहा होला ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend