Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध


३, माघ २०८२
  • 156
    SHARES
  • कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

    काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको कडा विरोध गर्ने निर्णय गरेको छ। 

    पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको बैठकले पार्टीको विधान र कानुनको उल्लङ्घन भएको ठहर गर्दै आवश्यक कानुनी तथा राजनीतिक कदम चाल्ने योजना बनाएको छ।

    बैठकले निर्णय अनुसार निर्वाचन आयोगको शुक्रबार हिजोको निर्णयले पार्टीभित्र स्थापित नेतृत्व र कानुनी प्रक्रियामा हस्तक्षेप गरेको, त्यसले नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउन सक्ने देखिएको र लोकतान्त्रिक प्रणालीमा अप्ठ्यारो स्थिति सिर्जना गरेको छ।

    साथै, बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न र अन्य कानुनी उपाय अपनाउन कार्यवाहक सभापति खड्कालाई अधिकार दिने निर्णय गरेको छ।

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको निर्णयको कडा विरोध गर्दै यस बैठकले उक्त निर्णयविरुद्ध संवैधानिक र कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend