Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

उम्मेदवारी दर्ताको समय सार्न आयोगलाई दलहरूको आग्रह


४, माघ २०८२
  • 86
    SHARES
  • उम्मेदवारी दर्ताको समय सार्न आयोगलाई दलहरूको आग्रह

    काठमाण्डाै – आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सार्न दलले निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार पर्सि मनोनयन दर्ता तोकिएको छ ।

    निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय सार्न आग्रह गरेका हुन् । यद्यपि निर्वाचन आयोगले अहिलेसम्म समय सार्ने विषयमा निर्णय नगरेको र छलफलकै क्रममा रहेको जनाएको छ ।

    मुख्यगरि कांग्रेसको विवादले मिति सार्न निर्वाचन आयोग दबावमा परेको छ । कांग्रेसको शेरबहादुर देउवा पक्षले आज सर्वोच्च अदालतमा रिट दायर गरेकोमा पर्सि सुनुवाइको पहिलो पेशी पाएपछि देउवा पक्ष उम्मेदवारी दर्ताको मिति सार्नुपर्ने भन्दै आयोग पुगेको छ ।

    निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको र त्यसमा चित्त नबुझेपछि आफूहरू अदालत गएकोमा अदालतबाट सुनुवाइपछि मात्र मनोनयनको व्यवस्था मिलाउनुपर्ने आयोगलाई भनेको देउवा पक्षका नेताहरूले बताएका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend