Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीको विकास र सुशासनको निर्णायक विकल्प विष्णु खनाल


७, माघ २०८२
  • 1,296
    SHARES
  • अर्घाखाँचीको विकास र सुशासनको निर्णायक विकल्प विष्णु खनाल

    अर्घाखाँची । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन अर्घाखाँचीका लागि साधारण राजनीतिक प्रतिस्पर्धा मात्र नभई विकास, सुशासन र स्थायित्वतर्फको निर्णायक मोडका रूपमा हेरिएको छ । यही सन्दर्भमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल “मुस्कान” जिल्लावासीको भरोसाको केन्द्रका रूपमा उदाइरहेका छन्।

    निष्ठा, त्याग र संगठनात्मक क्षमताका प्रतीक खनाल अर्घाखाँचीका कुशल संगठक, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा लुम्बिनी प्रदेश कार्यसमिति सहमहामन्त्री हुन् । खनालको राजनीतिक यात्रा पद र प्रतिष्ठाको खोजीमा सीमित छैन यो जनताको दुःख–सुख, आवश्यकता र आकांक्षासँग गहिरो रूपमा जोडिएको छ ।

    जिल्लाको भूगोल, समाज र जनजीवनप्रतिको प्रत्यक्ष अनुभव र गहिरो बुझाइका कारण उनी स्थानीय समस्या पहिचान र समाधानमा व्यावहारिक तथा विश्वसनीय नेताका रूपमा परिचित छन् । युवा, महिला, किसान, मजदुरदेखि ज्येष्ठ नागरिकसम्म सबै वर्ग र उमेर समूहसँग सहज संवाद गर्ने र समाधानमुखी ढंगले अघि बढ्ने शैली नै उनको राजनीतिक पहिचान बनेको छ ।

    नेतृत्वका बलिया आधार कुशल संगठक तथा पूर्व सभापतिका रूपमा खनालले पार्टी संगठन सुदृढीकरणमा उल्लेखनीय योगदान दिएका छन् । त्यस्तै लुम्बिनी प्रदेश कार्यसमिति सहमहामन्त्रीका हैसियतले प्रदेशस्तरमै प्रभावकारी नेतृत्व क्षमता देखाइसकेका उनले स्थानीय मुद्दामा स्पष्ट, दृढ र जनमुखी अडान राख्दै आएका छन् । सबै वर्गसँग आत्मीय सम्बन्ध कायम गर्दै संवादबाट समाधान खोज्ने दृष्टिकोणले उनलाई अन्य उम्मेदवारभन्दा फरक र भरोसायोग्य बनाएको छ ।

    निर्वाचन पृष्ठभूमि र प्रतिस्पर्धा अर्घाखाँचीको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा यसपटक १५ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाली कांग्रेसबाट विष्णु प्रसाद खनाल "मुस्कान", एमालेबाट पिताम्बर भुसाल, नेकपाबाट रामबहादुर चौहान, रास्वपाबाट हरिप्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, नेकपा माओवादीबाट खेम घर्ती र स्वतन्त्र उम्मेदवार रवि शाहलगायत चुनावी मैदानमा छन् ।

    बहुपक्षीय प्रतिस्पर्धाबीच पनि खनालको स्थानीय लोकप्रियता, बलियो संगठन र व्यापक समर्थन निर्णायक शक्तिका रूपमा देखिएको छ । खनालको जनप्रियता र वामपन्थी दलहरूबीच मत विभाजनको सम्भावनाले नेपाली कांग्रेसलाई स्पष्ट लाभ पुग्ने विश्लेषण गरिएको छ ।

    पूर्व एमाले उम्मेदवार टोपबहादुर रायमाझीको अनुपस्थितिले प्रतिद्वन्द्वी पक्ष अहिले कमजोर बनेको छ । विकास, रोजगारी सिर्जना र सुशासनका सवालमा विष्णुप्रसाद खनालको स्पष्ट दृष्टिकोण र कार्ययोजनाले मतदातालाई आकर्षित गरिरहेको छ । घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद बढ्दै जाँदा जनसमर्थन दिनानुदिन सुदृढ बन्दै गएको छ ।

    निष्ठावान्, कुशल र जनमुखी नेतृत्वको सुनिश्चितताका लागि विष्णुप्रसाद खनाल “मुस्कान” लाई रुख चिन्हमा मतदान गरेर संसद्‌मा पठाउनु अर्घाखाँचीको समृद्धि, रोजगारी र सुशासनको मार्गलाई थप मजबुत बनाउने कदम हुनेछ । लोकतन्त्र, विकास र स्थायित्वका लागि नेपाली कांग्रेसलाई विजय गराउँदै अर्घाखाँचीको उज्यालो भविष्य निर्माणमा निर्णायक योगदान पुर्याउने विश्वास जनस्तरमा बढ्दै गएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend