Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

केन्द्रीय सुरक्षा समिति बैठक : सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाउने


७, माघ २०८२
  • 83
    SHARES
  • केन्द्रीय सुरक्षा समिति बैठक : सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाउने

    काठमाण्डाै – सरकारले चुनावका बेला सामाजिक सञ्जालको प्रयोगमार्फत हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने कामलाई चुनाव केन्द्रित सुरक्षा रणनीतिकै अङ्गका क्रममा लिँदै गैरकानूनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णय गरेको हो ।

    बैठकमा चारवटै सुरक्षा निकायका अधिकारीहरूले चुनावको अवधिमा सामाजिक सञ्जालको दुरुपयोग निकै बढ्न सक्ने रिपोर्टहरू आइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    बैठकमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ को कार्यान्वयन, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकले चुनावको काममा समन्वय गर्न गठन गरेका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले चुनावको प्रचारप्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend