Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ऋषी धमलाको रौतहट उम्मेदवारीले मधेशका किसान र युवामाझ नयाँ अपेक्षा


८, माघ २०८२
  • 252
    SHARES
  • ऋषी धमलाको रौतहट उम्मेदवारीले मधेशका किसान र युवामाझ नयाँ अपेक्षा

    रौतहट । धादिङ मूलका ख्यातिप्राप्त पत्रकार ऋषि धमलाले आम जनता पार्टी (प्रभु साह नेतृत्व) को तर्फबाट रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेसँगै मधेशको राजनीतिक माहोलमा असामान्य चहलपहल देखिएको छ । फागुन २१ गते हुने निर्वाचनमा उनी ‘मोबाइल’ चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका छन् । पछिल्लो दुई दशकदेखि निर्भीक र आक्रामक पत्रकारिताका कारण चर्चामा रहेका धमला सत्तासँग असहज प्रश्न गर्न नहिच्किचाउने पत्रकारका रूपमा परिचित छन् ।

    “राजदरबारदेखि प्रधानमन्त्री कार्यालयसम्म प्रश्न गर्न डराउनु हुँदैन” भन्ने उनको स्थापित छविले अब राजनीतिमा पनि निरन्तरता पाउने अपेक्षा उनका समर्थकहरूले गरेका छन् । उनकी पत्नी तथा आम जनता पार्टीकी उपाध्यक्ष एलिजा गौतमले सामाजिक सञ्जालमार्फत धमलाको उम्मेदवारी सार्वजनिक गर्दै यसलाई “सत्य, पारदर्शिता र जनसेवाका लागि सुरु गरिएको नयाँ यात्रा” का रूपमा व्याख्या गरेकी थिइन् ।

    मधेशको कृषि संकट धमलाको मुख्य चुनावी एजेन्डा रहेको छ । रौतहट-४ सहित मधेशका अधिकांश क्षेत्रहरूमा कृषि अझै पनि आकाशे पानीमा निर्भर रहेको छ । कमला सिँचाइ आयोजना दशकौँअघि सुरु भए पनि पम्प सञ्चालनमा देखिएको कमजोरी, अस्थायी मर्मत र व्यवस्थापनको अभावका कारण यसले दीर्घकालीन समाधान दिन सकेको छैन । स्थानीय तथ्याङ्कअनुसार यस क्षेत्रका ४० हजारभन्दा बढी किसान परिवार सिँचाइ समस्याबाट प्रत्यक्ष प्रभावित छन् ।

    त्यसैगरी, मल र बीउको ढिलो वितरण तथा बिचौलियाको हाबीपनका कारण किसानहरू उत्पादन घाटामा परिरहेका छन् । विभिन्न अध्ययनहरूले मधेशका करिब ४३ प्रतिशत किसान परिवार आफ्नो वार्षिक खाद्यान्न आवश्यकता पूरा गर्न असमर्थ रहेको देखाएका छन् ।

    यी समस्यालाई धमलाले आफ्नो चुनावी अभियानको केन्द्रमा राखेका छन् । उनले सिँचाइ संरचनाको पुनर्संरचना, मल-बीउ वितरण प्रणालीमा पारदर्शिता र कृषि पूर्वाधारमा दीर्घकालीन लगानी आवश्यक रहेको भन्दै स्पष्ट योजना सार्वजनिक गरेका छन् ।

    मधेशका मुद्दा जोडदार संसदमा उठाउने भन्दै धमलाले मधेश आयोगका प्रतिवेदनहरू अध्ययन गर्दै ती प्रतिवेदनमा देखिएका कमजोरी कागजी आयोजना, बजेटको दुरुपयोग र स्थानीय तहसँगको कमजोर समन्वयलाई संसदमा उठाउने प्रतिबद्धता जनाएका छन् । सार्वजनिक कार्यक्रममा उनले भनिरहेका छन्, “मधेशको समस्या नाराले होइन, नीति र कार्यान्वयनबीचको दूरी घटाएर समाधान गर्न सकिन्छ । संसदमा अब यही प्रश्न उठाउन सक्ने नेतृत्वको आवश्यकता छ।”

    उम्मेदवारी दर्तापछि रौतहटका विभिन्न गाउँमा युवाहरूको सहभागितामा स्वतःस्फूर्त र्यालीहरू आयोजना गरिएको थियो । ‘जनता जान्न चाहन्छन्’ भन्ने उनको चर्चित अभिव्यक्ति अहिले चुनावी प्रचारको मुख्य नाराका रूपमा प्रयोग भइरहेको छ । युवाहरूले उनको भ्रष्टाचारविरोधी धारणा र स्पष्ट बोल्ने शैलीलाई परम्परागत राजनीतिप्रति बढ्दो असन्तुष्टिको वैकल्पिक आवाजका रूपमा लिएका छन् । तर राजनीतिक विश्लेषकहरूका अनुसार धमलाको चुनौती पनि केही छन्।

    क्षेत्रीय दलहरूको पुरानो संगठनात्मक पकड, स्थानीय शक्ति सन्तुलन र ग्रामीण मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नु उनको अभियानका लागि केही कठिनाई त होलान् । तर उनी भन्छन् यस क्षेत्रमा म पहिलेदेखिनै जानकार छु । मप्रति मतदाताहरुको माया,विश्वास र भरोसा भएकोले आफूलाई खासै समस्या नभएको बताउँछन् ।

    पत्रकारिताबाट सक्रिय राजनीतिमा प्रवेश गरेका ऋषि धमला नयाँ पुस्ताका फरक प्रकृतिका उम्मेदवारका रूपमा देखिएका छन्, जसले माइकबाट संसदसम्मको यात्रालाई लोकतान्त्रिक उत्तरदायित्वको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन् । उनको उम्मेदवारीले मधेशका किसान र युवामाझ नयाँ आशा र बहस सिर्जना गरेको छ । धमलाप्रति देखिएको त्यो उत्साह मतदानमा रूपान्तरण हुन्छ भन्ने फागुन २१ गतेको जनमतले प्रमाणित गर्नेछ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend