Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सर्लाही-४ मा मुद्दामुखी बहसको खाँचो, स्तरहीन भाषाको विरोधमा गगन थापाको पक्षमा सशक्त आवाज


८, माघ २०८२
  • 108
    SHARES
  • सर्लाही-४ मा मुद्दामुखी बहसको खाँचो, स्तरहीन भाषाको विरोधमा गगन थापाको पक्षमा सशक्त आवाज

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको क्षेत्र नम्बर-४ मा चुनावी माहोल तात्दै जाँदा राजनीतिक प्रतिस्पर्धा विचार, नीति र कार्यक्रमभन्दा पनि व्यक्तिगत आरोप-प्रत्यारोपतर्फ मोडिन थालेकामा लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको पूर्व सचेतक निर्मला क्षेत्रीले चिन्ता व्यक्त गर्नुभएको छ । यही सन्दर्भमा नेतृ निर्मला क्षेत्रीले लोकतान्त्रिक मर्यादा र राजनीतिक संस्कारको रक्षा गर्दै स्तरहीन भाषाको कडा विरोध र कांग्रेस सभापति गगन थापाको स्पष्ट समर्थन जनाउनु भएको हो ।

    नेतृ क्षेत्रीका अनुसार नेपाली राजनीतिमा असहमति, आलोचना र व्यंग्य स्वाभाविक र आवश्यक भए पनि त्यसको नाममा व्यक्तिको चरित्र हत्या गर्ने, मर्यादाहीन र अपमानजनक भाषा प्रयोग गर्नु लोकतन्त्रको आत्मामाथि प्रहार हो । कांग्रेस पृष्ठभूमिका डा. अमरेश सिंहले कांग्रेस सभापति गगन थापामाथि प्रयोग गरेका शब्द र अभिव्यक्तिले राजनीतिक प्रतिस्पर्धा कति तल्लो तहमा झर्न सक्छ भन्ने गम्भीर प्रश्न उठाएको उहाँ बताउनुहुन्छ ।

    “बीपी कोइरालाको विचार र लिगेसीको दाबी गर्ने नेताबाटै यस्तो असहिष्णु र स्तरहीन भाषा आउनु दुःखद मात्र होइन, चिन्ताजनक पनि हो,” क्षेत्रीले भन्नुभयो, “सामाजिक सञ्जालका फेक आइडीहरूले समेत प्रयोग नगर्ने शब्द सार्वजनिक रूपमा प्रयोग हुनु कांग्रेसको राजनीतिक संस्कार र समग्र लोकतान्त्रिक मूल्यसँग मेल खाँदैन ।”

    उहाँका अनुसार चुनाव लड्नु, प्रतिस्पर्धा गर्नु तथा हार-जित स्वाभाविक प्रक्रिया हो । सर्लाही-४ मा सभापति थापासँग स्वस्थ राजनीतिक प्रतिस्पर्धाको प्रयास गर्नु डा. अमरेश सिंहको राजनीतिक अहोभाग्य हो । त्यसका लागि नीति, विचार, कार्यक्रम र जनतासँगको सम्बन्ध नै आधार बन्नुपर्छ । “व्यक्तिगत आक्षेप, अपमान र चरित्र हत्याबाट राजनीति जितिँदैन,” क्षेत्रीको भनाइ छ ।

    नेतृ क्षेत्रीले चेतावनी दिँदै भन्नुभयो “यस्ता स्तरहीन अभिव्यक्तिले क्षणिक चर्चा त दिलाउन सक्छ, तर दीर्घकालमा त्यसको मूल्य स्वयं अभिव्यक्ति दिने व्यक्तिले नै चुकाउनुपर्ने हुन्छ ।” आजका मतदाता गाली होइन, समाधान खोजिरहेको र आरोप होइन, स्पष्ट विकल्प चाहिरहेको उहाँको धारणा छ ।

    सुधारवादी राजनीति, युवामैत्री सोच, स्पष्ट दृष्टिकोण र जवाफदेहितामा आधारित कार्यशैलीका कारण कांग्रेस सभापति गगन थापाप्रति सर्लाही-४ का मतदाताहरुको आकर्षण बढ्दोछ । सभापति जनप्रतिनिधिको रुपमा निर्वाचित गर्न मतदाता आतुर छन् ।

    पछिल्लो समय देशभर नेपाली कांग्रेसप्रति जनसमर्थन थप सुदृढ बन्दै गएको देखिन्छ । पुरानो राजनीतिक शैली तोड्दै मुद्दा, सुशासन र उत्तरदायित्वको राजनीतिलाई अघि बढाउन खोज्ने नेतृत्वका रूपमा गगन थापा धेरैका लागि आशाको प्रतीक बनेका छन् ।

    नेतृ क्षेत्रीले भन्नुभयो “राजनीति स्तर घटाउने माध्यम बन्ने कि समाज सुधार्ने औजार?” उहाको स्पष्ट अपिल छ, “स्तरहीनता होइन, मुद्दामा प्रतिस्पर्धा गरौँ । व्यक्तिगत आक्रमण होइन, विचारको बहस गरौँ । यही नै लोकतन्त्रको मार्ग हो र यही नै नेपाली राजनीतिले रोज्नुपर्ने सही दिशा हो ।”

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend