Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील


९, माघ २०८२
  • 73
    SHARES
  • प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

    काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ । 

    ‘सुरक्षा अति संवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिनेछ’, जिल्ला प्रहरी प्रमुख कोमल शाहले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन निर्वाध सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाकर्मी कार्यस्थलनमा परिचालन हुने प्रतिबद्धता व्यक्त गर्दै भने । 

    जिल्लामा दुई हजार २६९ जना निर्वाचन प्रहरी तथा नेपाल प्रहरीबाट एक हजार ११५ र सशस्त्र प्रहरीबाट ३५० जना परिचालन गर्ने योजना  छ । 

    काभ्रेपलाञ्चोकमा  कायम तीन लाख २६ हजार ६११ मतदातामध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य छन् । 

    यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निवार्चनका लागि जिल्लामा निर्वाचन प्रहरी छनोटअन्तर्गत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा र अन्तर्वार्ता लिइएको छ । माग भएको निवार्चन प्रहरी सङ्ख्यामा दुई हजार ४९३ ले आवेदन दिएकामध्ये परीक्षामा दुई हजार २८३ सामेल जिल्ला प्रहरीले जनाएको छ । 

    जिल्लाको दुई प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा ४२ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र तीन स्वतन्त्र तीन गरी १८ जना प्रतिस्पर्धामा उत्रिएका हुन् । 

     निर्वाचन क्षेत्र नं २ मा १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ । उसका अनुसार जसमध्ये क्षेत्र नं २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी तीन जना महिला प्रतिस्पर्धामा छन् । 

    क्षेत्र नं १ मा अन्य समूहबाट एक जना प्रतिस्पर्धामा छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । दलित उम्मेदवार छैनन् तर जनजातितर्फबाट २५ जना प्रत्याशी बनेका छन् । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend