Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै


११, माघ २०८२
  • 87
    SHARES
  • बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

    दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साहले सोमबार दमकमा घरदैलो कार्यक्रम थाल्ने भएका छन् ।

    पार्टीका अनुसार सोमबार बिहान ८ बजेदेखि सुरू हुने घरदैलो कार्यक्रममा सहभागी हुन दमक–९ स्थित उराव बस्तीमा भेला समर्थकलाई भनिएको छ।

    घरदैलो कार्यक्रम उराव बस्तीबाट सुरु भई पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै आएर समापन गरिने बालेन्द्रको सचिवालयले जनाएको छ।

    घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार साहले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरी समस्या सुन्ने र आफ्नो चुनावी प्रतिबद्धता प्रस्तुत गर्ने पार्टीले जनाएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय बासिन्दा तथा समर्थकहरूलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ। बालेन्द्र शनिबार काठमाडौं फर्किएसँगै अहिले उनकी श्रीमती सविना काफ्ले झापाको दमक पुगेकी छन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend