Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

धर्म, आस्था र व्यक्तिगत स्वतन्त्रता: बहुसंख्यावादतर्फ नढल्किन सनित्य कालिकाको चेतावनी


१४, माघ २०८२
  • 179
    SHARES
  • धर्म, आस्था र व्यक्तिगत स्वतन्त्रता: बहुसंख्यावादतर्फ नढल्किन सनित्य कालिकाको चेतावनी

    काठमाडौं - सामाजिक  सञ्जालमा चर्चामा आएको एक धारणा सार्वजनिक गर्दै सनित्य कालिकाले धर्मलाई व्यक्तिगत आस्थाको विषयका रूपमा बुझ्न आग्रह गरेका छन् । उनका अनुसार, नेपालका हिन्दूहरू भारतीय सन्दर्भमा देखिने अतिवादी धार्मिक भावनाबाट प्रभावित हुनुपर्ने आवश्यकता छैन।

    गाई–गोरू खाने वा नखाने निर्णय व्यक्तिको निजी स्वतन्त्रता हो, र राज्यको कानूनले त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने उनको स्पष्ट मत छ । कालिकाले लेखेका छन्, “खान मन लाग्नेले खाउन्, पूजा गर्न मन लाग्नेले पूजा गरून् ।

    कसैको व्यक्तिगत आचरणले अरूको तथाकथित ‘आस्था’मा असर पर्नु पर्ने कुनै कारण छैन ।” उनका अनुसार, संसारभरका धेरै हिन्दू समुदाय—भारतकै केरलाजस्ता राज्यहरूमा समेत गाई–गोरूको मासु खाने प्रचलन छ, जसले हिन्दू पहिचानलाई कमजोर बनाउँदैन । उदाहरणका रूपमा उनले विभिन्न देशका राष्ट्रिय जनावरको मासु खाने परम्परा उल्लेख गरेका छन् ।

    साउदी अरबमा उँट, फ्रान्समा कुखुराको भाले, र अष्ट्रेलियामा कंगारूको मासु उपभोग सामान्य रहेको उल्लेख गर्दै उनले राष्ट्रिय जनावर खानु आफैंमा निषेधको विषय नभएको तर्क गरेका छन् ९लोपोन्मुख प्रजाति बाहेक० । कालिकाले बहुसंख्यावादको चेतावनी दिँदै भनेका छन्, “म बहुसंख्यक समुदायबाट हुँ, त्यसैले सबैले मेरै तरिकाले बाँच्नुपर्छ नत्र मेरो आस्थामा चोट पुग्छ भन्नु चरम बहुसंख्यावाद हो ।”

    उनले नेपालले यस्तो बाटो नअपनाओस्, छिमेकी मुलुकहरूमा देखिएका अतिवादी अभ्यासबाट पाठ सिक्न आग्रह गरेका छन् । धर्मभीरू नबनौँ, व्यक्तिगत स्वतन्त्रता र सहिष्णुतालाई सम्मान गरौँ—कालिकाको सन्देश यही हो ।

    धर्म, आस्था र व्यक्तिगत स्वतन्त्रतास् बहुसंख्यावादतर्फ नढल्किन सनित्य कालिकाको चेतावनी काठमाडौं  िसामाजिक सञ्जालमा चर्चामा आएको एक धारणा सार्वजनिक गर्दै सनित्य कालिकाले धर्मलाई व्यक्तिगत आस्थाको विषयका रूपमा बुझ्न आग्रह गरेका छन् ।


    उनका अनुसार, नेपालका हिन्दूहरू भारतीय सन्दर्भमा देखिने अतिवादी धार्मिक भावनाबाट प्रभावित हुनुपर्ने आवश्यकता छैन। गाई–गोरू खाने वा नखाने निर्णय व्यक्तिको निजी स्वतन्त्रता हो, र राज्यको कानूनले त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने उनको स्पष्ट मत छ ।

    कालिकाले लेखेका छन्, “खान मन लाग्नेले खाउन्, पूजा गर्न मन लाग्नेले पूजा गरून् । कसैको व्यक्तिगत आचरणले अरूको तथाकथित ‘आस्था’मा असर पर्नु पर्ने कुनै कारण छैन ।”

    उनका अनुसार, संसारभरका धेरै हिन्दू समुदाय—भारतकै केरलाजस्ता राज्यहरूमा समेत गाई–गोरूको मासु खाने प्रचलन छ, जसले हिन्दू पहिचानलाई कमजोर बनाउँदैन । उदाहरणका रूपमा उनले विभिन्न देशका राष्ट्रिय जनावरको मासु खाने परम्परा उल्लेख गरेका छन् ।

    साउदी अरबमा उँट, फ्रान्समा कुखुराको भाले, र अष्ट्रेलियामा कंगारूको मासु उपभोग सामान्य रहेको उल्लेख गर्दै उनले राष्ट्रिय जनावर खानु आफैंमा निषेधको विषय नभएको तर्क गरेका छन् ९लोपोन्मुख प्रजाति बाहेक० ।
    कालिकाले बहुसंख्यावादको चेतावनी दिँदै भनेका छन्, “म बहुसंख्यक समुदायबाट हुँ, त्यसैले सबैले मेरै तरिकाले बाँच्नुपर्छ नत्र मेरो आस्थामा चोट पुग्छ भन्नु चरम बहुसंख्यावाद हो ।”

    उनले नेपालले यस्तो बाटो नअपनाओस्, छिमेकी मुलुकहरूमा देखिएका अतिवादी अभ्यासबाट पाठ सिक्न आग्रह गरेका छन् । धर्मभीरू नबनौँ, व्यक्तिगत स्वतन्त्रता र सहिष्णुतालाई सम्मान गरौँ—कालिकाको सन्देश यही हो ।

     

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend