Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानन्यायाधीशसँग समय नमिलेपछि कांग्रेसका पूर्व सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित


१५, माघ २०८२
  • 200
    SHARES
  • प्रधानन्यायाधीशसँग समय नमिलेपछि कांग्रेसका पूर्व सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित

    काठमाडौँ- नेपाली कांग्रेसका पूर्व सांसदहरूले आज सर्वोच्च अदालत जाने भनी तय गरेको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ।

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण उक्त भेटघाटको कार्यक्रम रोकिएको हो।

    कांग्रेसले एक सूचना जारी गर्दै ‘विशेष कारण’ले गर्दा डेलिगेसन टोली सर्वोच्च जाने कार्यक्रम स्थगित भएको जानकारी गराएको छ।

    विघटित प्रतिनिधिसभाका पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीशको सचिवालयबाट फोन गरी तत्कालका लागि भेटघाटको समय उपलब्ध हुन नसकेको जानकारी दिइएको थियो।

    यसअघि नेता घिमिरेकै नेतृत्वमा बिहान १०:३० बजे ६५ जना पूर्व सांसदहरूको टोली सर्वोच्च जाने तयारीमा थियो।

    संसद् पुनर्स्थापनाको माग गर्दै ती सांसदहरूले सर्वोच्चमा रिट दायर गरे तापनि हालसम्म त्यसको सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकेको छैन।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend