Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमालेले फागुनको पहिलो हप्ता घोषणापत्र सार्वजनिक गर्ने


१६, माघ २०८२
  • 68
    SHARES
  • एमालेले फागुनको पहिलो हप्ता घोषणापत्र सार्वजनिक गर्ने

    काठमाण्डौ – नेकपा एमालेले फागुनको पहिलो हप्ता घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आज काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले आफूहरुको  घोषणापत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने जानकारी दिनुभयो ।

    आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको लागि घोषणापत्र तयार पार्नुअघि एमालेले सुझाव सङ्कलन गरिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरी काम भइरहेको एमालेले जनाएको छ ।

    मुख्य दलहरु घोषणापत्र लेखनमा व्यस्त छन् । यसअघि राष्ट्रिय जनमोर्चाले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेको छ । यसैबीच एमाले महासचिव पोखरेलले चीन र भारतकाविरुद्धमा शक्ति देशहरुले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने बताउनुभएको छ । उहाँले झापा क्षेत्र नम्बर–५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरिएको पनि दाबी गर्नुभयो ।

    झापा–५ मा एमालेबाट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलगायत चुनावी प्रतिस्पर्धामा हुँदा चर्चा र विशेष चासोको क्षेत्र बनेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend