Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मी-२ मा परिवर्तनको दृढ संकल्प: अनुभवी, मिलनसार र भरोसायोग्य नेतृत्व भुवनप्रसाद श्रेष्ठ


१६, माघ २०८२
  • 404
    SHARES
  • गुल्मी-२ मा परिवर्तनको दृढ संकल्प: अनुभवी, मिलनसार र भरोसायोग्य नेतृत्व भुवनप्रसाद श्रेष्ठ

    गुल्मी  l  गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचन २०८२ अब केवल दलगत प्रतिस्पर्धामा सीमित छैन । यो निर्वाचन विकास, विश्वास र नेतृत्वको परीक्षा बन्दै गएको छ । नेपाली कांग्रेसका अनुभवी नेता भुवनप्रसाद श्रेष्ठ जनअपेक्षाको केन्द्रमा उभिएका छन् । 

    राजनीतिक यात्रा नेपाली कांग्रेस गुल्मीका पूर्व जिल्ला सभापति तथा हाल लुम्बिनी प्रदेश पार्टी उपसभापति समेत रहेका श्रेष्ठलाई पार्टीभित्र मात्र होइन, राजनीतिक रूपमा फरक धारका मतदाताले समेत मिलनसार, सहयोगी र शालीन व्यक्तित्वका रूपमा चिन्छन् । 

    २०७४ मा रेसुङ्गा नगरपालिकाको प्रमुख र २०७९ मा लुम्बिनी प्रदेशसभा (गुल्मी-२ ‘क’) मा उम्मेदवारी दिँदा पराजय भोग्नुपरे पनि उनले राजनीतिबाट पलायन रोजेनन् । नेता श्रेष्ठले प्रदेश उपसभापतिको भूमिकामा रहेर लुम्बिनीभर संगठन विस्तार र कार्यकर्ताको मनोबल उकास्न सक्रिय भूमिका खेलेका थिए ।  त्यसैले होला नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको टिकट पाउन सफल भए । चुनावी यथार्थमा हेर्दा गुल्मी-२ ऐतिहासिक रूपमा कम्युनिस्ट प्रभाव रहेको क्षेत्र हो । यसपटक एमालेका नेता गोकर्ण विष्ट (पूर्व विजेता), रास्वपाका गोविन्द पन्थी र नेकपाका श्रीराम महत मुख्य प्रतिद्वन्द्वीका रूपमा मैदानमा छन् । 

    स्थानीय तहमा बढ्दो असन्तोष, विकासप्रति जनआकांक्षा र अनुभवसहितको स्थिर नेतृत्वको खोजीले कांग्रेसका लागि अवसर सिर्जना गरेको छ । नेता श्रेष्ठको स्वच्छ छवि, संवादशील स्वभाव र सबैसँग मिलेर काम गर्ने शैली मतदातामाझ बलियो आधार बन्दै गएको देखिन्छ ।

    भुवनप्रसाद श्रेष्ठको चुनावी नारा "एक पटक, यसै पटक बदल्यौं कांग्रेस, बदल्छौँ देश" केवल भावनात्मक उद्घोष होइन । यो नारा पार्टीभित्र सुधार, बाहिर स्थिरता र क्षेत्रमा व्यावहारिक विकासको प्रतिबद्धताको प्रतीक हो । स्थानीय सडक, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा उहाँले राख्दै आएको तथ्यपरक दृष्टिकोणले युवादेखि ज्येष्ठ नागरिकसम्म आकर्षित गरिरहेको छ ।

    फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा गुल्मी-२ मा "अनुभव, सहकार्य र भरोसाको नेतृत्व कसले दिन सक्छ?" भन्ने प्रश्न घनीभूत हुँदै गएको छ । धेरै मतदाता भुवनप्रसाद श्रेष्ठलाई यसको उत्तरका रूपमा हेर्न थालेका छन् । यो निर्वाचन केवल व्यक्ति चयन होइन, गुल्मी-२ को भावी दिशा तय गर्ने निर्णायक अवसर बन्ने देखिन्छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend