Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नवलपरासी-२ मा कांग्रेसको निर्णायक मोड : एकताबाटै भीमबहादुर थापाको जित, जितबाटै कांग्रेसको भविष्य


१६, माघ २०८२
  • 80
    SHARES
  • नवलपरासी-२ मा कांग्रेसको निर्णायक मोड : एकताबाटै भीमबहादुर थापाको जित, जितबाटै कांग्रेसको भविष्य

    नवलपरासी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसभित्र देखिएको टिकटसम्बन्धी बहस अब निर्णायक चरणमा प्रवेश गरेको छ ।

    नेता देवेन्द्रराज कँडेल र भीमबहादुर थापाबीचको उम्मेदवारी प्रक्रियाबाट उत्पन्न विवादलाई पछाडि छोड्दै कांग्रेसका लागि अहिलेको मुख्य एजेन्डा स्पष्ट छ-एकताबद्ध भएर चुनाव जित्ने । यस अर्थमा अब यो चुनाव कुनै एक व्यक्तिको मात्र होइन, समग्र कांग्रेसको राजनीतिक साख र भविष्यसँग जोडिएको विषय बनेको छ ।

    निर्वाचन आयोगले पहिलो दर्ता भएका भीमबहादुर थापाको उम्मेदवारीलाई वैध ठहर गरेसँगै कांग्रेसभित्रको शक्ति संघर्षको बहस समाप्त भएको छ । अब प्रश्न कसले टिकट पायो भन्ने होइन, कसरी कांग्रेसले साझा उम्मेदवारलाई जिताउँछ भन्नेमा केन्द्रित भएको छ । यही सन्दर्भमा कांग्रेसका वरिष्ठ, अनुभवी र प्रभावशाली नेता देवेन्द्रराज कँडेलको भूमिका पार्टीभित्र निर्णायक र मार्गदर्शक बन्दै गएको छ ।

    नवलपरासी कांग्रेसको संगठन निर्माणदेखि संसदीय राजनीतिसम्म दशकौँ लामो अनुभव बोकेका कँडेलबाट आज उम्मेदवारको होइन, अभिभावकको भूमिका अपेक्षा गरिएको छ । जित-हार राजनीति यात्राको स्वाभाविक हिस्सा भए पनि पार्टीलाई संकट र संक्रमणको मोडमा एक ढिक्का बनाउने क्षमता नै नेतृत्वको वास्तविक कसी हो ।

    पार्टी पंक्तिदेखि मतदातासम्म कँडेलले आफ्नो अनुभव, सम्बन्ध र विश्वास प्रयोग गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने विश्वास गरेका छन् । उता, कांग्रेसका आधिकारिक उम्मेदवार भीमबहादुर थापा स्थानीय तहमा प्रमाणित नेतृत्वको छवि बोकेर चुनावी मैदानमा छन् । सुनवल नगरपालिकामा एमालेको बलियो पकड तोड्दै मेयरमा निर्वाचित हुनु थापाको राजनीतिक क्षमताको स्पष्ट प्रमाण हो ।

    संगठन, व्यवस्थापन र स्थानीय मुद्दाको गहिरो बुझाइ भएका थापाको जित सुनिश्चित गर्न कांग्रेसभित्रको पूर्ण एकता अपरिहार्य बनेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार टिकट वितरणमा देखिने असन्तुष्टि र बहस लोकतान्त्रिक दलमा स्वाभाविक प्रक्रिया हो । तर ती बहसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुराले नै पार्टीको परिपक्वता मापन हुन्छ ।

    आजको यथार्थ के हो भने भीमबहादुर थापाको जित कुनै एक व्यक्तिको विजय होइन, त्यो कांग्रेसको जित हो । यही साझा बुझाइ कांग्रेसभित्र स्थापित हुन सके नवलपरासी-२ मा चुनावी परिणाम कांग्रेसको पक्षमा मोडिन सक्छ । अब नवलपरासी-२ को चुनाव व्यक्तिविशेषको प्रतिस्पर्धाभन्दा माथि उठेर कांग्रेसको एकता, नेतृत्वको परिपक्वता र आगामी राजनीतिक दिशाको परीक्षण बनेको छ ।

    विवादलाई पछाडि छोड्दै कँडेलको अभिभावकीय नेतृत्व र थापाको उम्मेदवारी एउटै लक्ष्यमा केन्द्रित हुन सके कांग्रेसले मतदाताको मन जित्ने आधार झनै मजबुत हुनेछ । मअन्ततः फैसला मतदाताको हातमा छ । तर त्यो फैसला आउनुअघि कांग्रेसले आफूलाई कति एकताबद्ध, सकारात्मक र भरोसायोग्य रूपमा प्रस्तुत गर्छ त्यसैले नवलपरासी-२ मा कांग्रेसको जित सुनिश्चित गर्ने वा नतिजा उल्ट्याउने निर्णायक भूमिका खेल्नेछ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend