Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवल–बेल्बास संकल्पसभा: अर्घाखाँची र रुपन्देही–२ मा काङ्ग्रेसको बढ्दो जनलहर


१८, माघ २०८२
  • 1,069
    SHARES
  • बुटवल–बेल्बास संकल्पसभा: अर्घाखाँची र रुपन्देही–२ मा काङ्ग्रेसको बढ्दो जनलहर

    रुपन्देही । सम्पर्क समितिद्वारा बुटवलको बेल्बासमा आयोजित चुनावी सभाले अर्घाखाँची र रुपन्देही–२ दुबै क्षेत्रमा काङ्ग्रेस पक्षमा निर्वाचन समीकरण अनुकूल बन्दै गएको संकेत दिएको छ । अर्घाखाँचीका प्रतिनिधिसभा उम्मेदवार विष्णु प्रसाद खनाल ‘मुस्कान’ र रुपन्देही–२ का उम्मेदवार चुन्नु प्रसाद पौडेललाई विजयी गराउने संकल्पसहित सम्पन्न उक्त कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, युवा तथा अग्रजहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    सभामा व्यक्त धारणा र सहभागिताको उत्साहले दुबै क्षेत्रमा काङ्ग्रेसप्रति भरोसा बढ्दै गएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । एउटै मञ्चबाट दुबै उम्मेदवारप्रति समर्थन व्यक्त हुनु काङ्ग्रेसभित्रको एकता, सहकार्य र संगठनात्मक दृढताको सन्देशका रूपमा हेरिएको छ ।

    लुम्बिनी प्रदेश सह–महामन्त्रीसमेत रहेका विष्णु प्रसाद खनाल ‘मुस्कान’ लामो समयदेखि संगठन सुदृढीकरण, निरन्तर जनसम्पर्क र स्थानीय विकास अभियानमार्फत अर्घाखाँचीमा स्थापित नेतृत्वका रूपमा चिनिँदै आएका छन् । स्थानीय तहदेखि प्रदेशस्तरसम्मको चुनावी अनुभव, बलियो संगठनात्मक संरचना र मतदातासँगको पहुँचका कारण उनी प्रतिस्पर्धीभन्दा अगाडि देखिएको विश्लेषण गरिन्छ । अर्घाखाँचीमा प्रतिद्वन्द्वी पक्षभित्र मत विभाजनको अवस्था देखिँदा एकीकृत काङ्ग्रेसी मत खनालको पक्षमा केन्द्रित हुने सम्भावना बलियो बन्दै गएको छ ।

    त्यस्तै, रुपन्देही–२ मा नेपाली काङ्ग्रेसले चुन्नु प्रसाद पौडेललाई उम्मेदवार बनाएपछि पार्टी संगठन, नगरस्तरीय संरचना र युवा समूहहरू अभियानमा सक्रिय बनेका छन् । यस क्षेत्रमा लामो समयदेखि प्रभावशाली मानिएका प्रतिस्पर्धी शक्तिप्रति वैकल्पिक नेतृत्व खोज्ने मतदाताको मनोविज्ञान बलियो बन्दै गएको देखिन्छ। स्वच्छ छवि, समन्वयकारी शैली र स्थानीय आवश्यकता केन्द्रित एजेन्डासहित अघि बढेका पौडेललाई शहरी तथा अर्धशहरी क्षेत्रमा सकारात्मक समर्थन बढ्दै गएको स्थानीय राजनीतिक वृत्तको मूल्यांकन छ ।

    बुटवल र आसपासका क्षेत्रमा सुशासन, रोजगारी, सेवा–सुविधामा समान पहुँच र आर्थिक पारदर्शिताप्रतिको अपेक्षाले काङ्ग्रेस र युवा नेतृत्वप्रति आकर्षण बढाएको देखिन्छ । यही पृष्ठभूमिमा बेल्बासमा सम्पन्न संयुक्त संकल्पसभाले पहाड र तराईलाई जोड्ने राजनीतिक सन्देश दिँदै साझा विकास, शिक्षा, पूर्वाधार र रोजगारीका एजेन्डामा सहकार्य गर्ने प्रतिबद्धता पनि प्रस्ट पारेको छ ।

    हालसम्मको उम्मेदवार छनोट, संगठनात्मक सक्रियता र जनभावनालाई हेर्दा अर्घाखाँचीमा खनाल ‘मुस्कान’ र रुपन्देही–२ मा चुन्नु पौडेल काङ्ग्रेस समर्थक मतदातामात्र होइन, स्थिर लोकतन्त्र, विकास र स्वच्छ नेतृत्व चाहने गैर–काङ्ग्रेसी मतदाताबाट समेत समर्थन विस्तार गर्न सफल हुने सम्भावना देखिन्छ । 

    राजनीतिक विश्लेषकहरूका अनुसार, यदि यस जनलहरलाई प्रभावकारी रूपमा मतपेटिकासम्म पुर्‍याउन सकेमा बेल्बासको संकल्पसभा दुबै क्षेत्रमा काङ्ग्रेसको जिततर्फको निर्णायक मोडका रूपमा दर्ज हुने छ ।

     

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend