Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न


१८, माघ २०८२
  • 85
    SHARES
  • प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

    काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । 

    प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र डोटी, कर्णाली प्रदेशअन्तर्गत दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र रुकुमपश्चिमका लागि मतपत्र छपाइ सम्पन्न भई ढुवानीका लागि तयार गरिसकिएको उनले बताए । 

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हालसम्म २५ जिल्लाका लागि करिब ३० लाख मतपत्र छपाइ गरिएको पनि आयोगले जनाएको छ । तीमध्ये १६ लाख २१ हजार मतपत्र प्याकिङ भइसकेको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख मतपत्र यसअघि नै छपाइ सकिएको छ । 

    प्रत्यक्षतर्फ मतपत्र पनि छपाइ सकेर फागुन दोस्रो सातासम्म सम्बन्धित जिल्ला एवम् निर्वाचन क्षेत्रमा पठाइने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए।
     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend