Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

खेतको पसिनाबाट संसदको बहससम्म: किसानको भरोसा बन्दै हिरा केसी


१९, माघ २०८२
  • 190
    SHARES
  • खेतको पसिनाबाट संसदको बहससम्म: किसानको भरोसा बन्दै हिरा केसी

    रुपन्देही । रुपन्देही क्षेत्र नं. १ मा यसपटकको निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, कृषकको पीडा संसदसम्म कसले पुर्‍याउँछरु भन्ने मूल प्रश्नमा केन्द्रित बन्दै गएको छ ।

    यही सवालको उत्तरका रूपमा नेपाली कांग्रेसका उम्मेदवार हिरा केसी बलियो रूपमा उदाएका छन् । कृषकको वास्तविक समस्या बोकेर मैदानमा उत्रिएका केसीले यस ‘स्विङ क्षेत्र’मा चुनावी लहर सिर्जना गर्दै मतदाताको मन जित्न सफल हुँदै विजयको बाटो खोल्दै गरेका छन् ।

    रुपन्देही-१ लामो समयदेखि राष्ट्रिय राजनीतिमा ‘स्विङ क्षेत्र’को रूपमा परिचित रहँदै आएको छ । यहाँ कहिले कांग्रेसको लहर, कहिले वाम गठबन्धन र कहिले माओवादी प्रभाव हावी हुँदै आएको देखिन्छ ।

    २०४८, २०५१ र २०५६ मा कांग्रेसका दुर्योधन सिंहको लगातार विजय, २०६४ मा घनश्याम यादव, २०७० मा अब्दुल रज्जाक, २०७४ मा एकीकृत नेकपा र २०७९ मा एमालेका छविलाल विश्वकर्माको जितले यो क्षेत्र कुनै एक दलको स्थायी गढ नभएको स्पष्ट प्रमाणित गर्छ ।

    २०८२ को निर्वाचन भने कृषक-केन्द्रित राजनीतिक परिवर्तनको निर्णायक मोड बन्ने संकेत देखिन थालेको छ । कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा सहित तीन दर्जनभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

    २०७९ को निर्वाचनमा छविलाल विश्वकर्माले २५ हजार मत प्राप्त गर्दा घनश्याम भुसाल २१ हजारमा सीमित भए र रास्वपाले १४ हजार मत पाएको तथ्यांकले रुपन्देही–१ का मतदाता दलभन्दा पनि व्यक्ति, एजेन्डा र विश्वसनीयता हेरेर निर्णय गर्ने प्रवृत्ति देखाउँछ ।

    यही सन्दर्भमा कांग्रेसले देवदहका पूर्व मेयर हिरा केसीलाई कृषक मुद्दाको प्रतिनिधिका रूपमा अघि सार्नु समयसापेक्ष र रणनीतिक रूपमा प्रभावकारी निर्णय बनेको मतदाताको बुझाइ छ ।

    देवदह नगरपालिकामा पाँच वर्ष मेयरको जिम्मेवारी सम्हालेका हिरा केसी वडादेखि नगर तहसम्म संगठन निर्माणमा खारिएका नेता हुन् । कांग्रेसको बलियो संगठनात्मक संरचना, क्षेत्रीय नेतृत्वसँगको समन्वय र स्थानीय समस्याप्रतिको गहिरो बुझाइले उनलाई ‘भूमि चिनेको नेता’ को रूपमा स्थापित गरेको छ । 

    किसान समूह, सहकारी र ग्रामीण बस्तीमा केन्द्रित उनको सक्रिय अभियानले उनलाई “कृषकको संसदीय आवाज”का रूपमा चिनाउँदै लगेको छ ।
    न्यूनतम समर्थन मूल्यको व्यवस्था, मल-बीउ र सिँचाइको सहज पहुँच, कृषि बीमा, निर्यातमुखी कृषि नीति जस्ता ठोस प्रतिबद्धताले केसीलाई अन्य उम्मेदवारभन्दा फरक बनाएको छ ।

    खेतमा पसिना बगाउने किसानको जीवन नजिकबाट बुझेको उनको व्यावहारिक अनुभव मतदाताको मन छुने आधार बनेको छ । अन्य दलका उम्मेदवारहरू ग्रामीण कृषकसम्म प्रभावकारी रूपमा पुग्न नसकेको अवस्थामा कांग्रेसको गाउँ-टोलसम्म फैलिएको संगठन र त्यसको नेतृत्वमा रहेका हिरा केसीको पकड अझ मजबुत बन्दै गएको छ । धान, गहुँ, तरकारी, पशुपालन र डेरीमा आधारित रुपन्देही-१ को अर्थतन्त्र कागजी नीतिभन्दा व्यवहारिक समाधान खोजिरहेको अवस्थामा छ । 

    मतदाता अब नारा होइन, “पसिनाको मूल्य दिलाउने प्रतिनिधि” खोजिरहेका छन् । घरदैलो, कोणसभा र खेत भेटघाटमा देखिएको उत्साहले ‘रुखमा मतदान, कृषिमा लगानी’ भन्ने नारासँगै केसीप्रति भरोसा दिनप्रतिदिन बढ्दै गएको संकेत गर्छ ।

    विगतमा पटक-पटक दल परिवर्तन देखेको यो क्षेत्र अहिले “कृषकको आवाज कसले बोक्छ?” भन्ने प्रश्नमा केन्द्रित छ। संगठन, अनुभव, स्पष्ट एजेन्डा र कृषक उकास्ने प्रतिबद्धतासहित अघि बढेका हिरा केसीप्रति बढ्दो जनआकर्षण र कांग्रेसको बलियो संरचनाले रुपन्देही-१ मा विजयको बाटो कांग्रेसतर्फ झुकिँदै गएको स्पष्ट संकेत देखिन्छ ।

    6e913807-6f59-4fc3-9520-b492fd4e7ded.jpg

    यसपटक रुपन्देही-१ ले खेतबाट चिच्याइरहने पीडा होइन, समृद्धिको स्वर बोकेर संसद प्रवेश गर्ने नेता रोज्ने संकेत दिएको छ-त्यो नाम हो हिरा केसी । आत्मनिर्भरता, स्वरोजगार र कृषिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेका केसीलाई मतदाताको व्यापक साथ र समर्थन देखिँदै गएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend