Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रौतहट–४ मा एलिजा गौतमलाई छोरीसमान माया, ऋषि धमलाको पक्षमा बलियो जनलहर


२५, माघ २०८२
  • 216
    SHARES
  • रौतहट–४ मा एलिजा गौतमलाई छोरीसमान माया, ऋषि धमलाको पक्षमा बलियो जनलहर

    रौतहट । आउँदो निर्वाचनलाई लक्षित गर्दै रौतहट–४ का विभिन्न बस्तिमा गरिएको मतदाता भेटघाटका क्रममा आम जनता पार्टी (आजपा) की केन्द्रीय उपाध्यक्ष एलिजा गौतमले स्थानीयवासीबाट छोरीसमान माया, स्नेह र आशीर्वाद प्राप्त गर्नुभएको छ । घर–घरमा पुगेर भोट माग्दा देखिएको आत्मीयता, भरोसा र उत्साहले सम्पूर्ण क्षेत्रको चुनावी माहोल थप सकारात्मक बनेको छ ।

    जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या सुन्ने र समाधानको स्पष्ट प्रतिबद्धतासहित अघि बढिरहेकी गौतमलाई स्थानीयले “मोबाइल_छाप_जिन्दाबाद” भन्दै उत्साहजनक समर्थन व्यक्त गरेका छन् ।

    यसै क्रममा आम जनता पार्टी (आजपा) का रौतहट–४ का उम्मेदवार ऋषि धमलाले प्रत्यक्षतर्फ आफूलाई तथा समानुपातिकतर्फ पार्टीलाई मोबाइल छापमा मत दिन आग्रह गर्नुभएको छ । 

    जनतासँगको निकटता, सरल स्वभाव र सक्रिय उपस्थितिका कारण ऋषि धमलाको पक्षमा जनसमर्थन तथा जनलहर तीव्र रूपमा बढ्दै गएको देखिएको छ ।

    स्थानीयवासीको माया, विश्वास र सक्रिय सहभागिताले आउँदो निर्वाचनमा आजपा उम्मेदवार ऋषि धमलाको विजय सम्भावना अझ मजबुत बन्दै गएको विश्वास व्यक्त गरिएको छ ।

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend