बुटवल । क्यानडामा अध्ययनका लागि जाने बिद्यार्थीहरुका लागि बुटवलमा फ्रि सेमीनार तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । क्यानडियन स्टडी सेन्टर र बिबिसी ग्लोबल एजुकेशनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा क्यानडियन स्टडी सेन्टरका प्रबन्ध निर्देशक डिबी रायमाझीले क्यानडामा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई शुभकामना दिदै आफु सधै विध्यार्थीकाे उज्जवल भविष्यकाे लागि साथमा रहेकाे बताउनुभयाे ।
त्यस्तै कार्यक्रममा बोल्दै सिनीयर स्टुडेण्ट एडभाईजर हरी अधिकारीले क्यानडा पुगेपछि बिद्यार्थीहरुले कसरी जागीर प्राप्त गर्न सकिन्छ भन्नेबारे जानकारी दिनु भएको थियो । उहाँले क्यानडा पुगेपछि गर्नुपर्ने पूर्व तयारीबारे जानकारी दिदै आफ्नो उदेश्य प्राप्तीका लागि सचेत हुन आग्रह गर्नुभयो । साथै अधिकारीले आफु क्यानडामै रहने भएकाेले आईपर्ने समस्याकाे निम्ति सहयाेग गर्ने बताउनुभयाे





