Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मधेसको माहोलले कांग्रेसको जित सुनिश्चित भएको संकेत गर्छ: सभापति गगन थापा


२७, माघ २०८२
  • 93
    SHARES
  • मधेसको माहोलले कांग्रेसको जित सुनिश्चित भएको संकेत गर्छ: सभापति गगन थापा

    सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको वर्तमान राजनीतिक माहोलले कांग्रेसले आगामी निर्वाचन जित्ने स्पष्ट संकेत गरिसकेको बताएका छन् ।

    सिराहाको धनगढीमाइ नगरपालिका–बुद्धनगरमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले जेन–जीको विद्रोह र सुशासनको मागले नै अहिलेको चुनाव सम्भव भएको उल्लेख गरे ।

    कार्यक्रममा बोल्दै थापाले मधेसका मतदाताप्रति आभार व्यक्त गर्दै भने, “तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने दृढ आशा लिएको छु । जिताएर पठाउनुहुन अनुरोध छ ।”

    सभापति थापाले कांग्रेसले चुनाव दुई वर्षपछि हुने अपेक्षा गरे पनि जेन–जी पुस्ताले सुशासनको मागसहित विद्रोह गरेपछि समय अगावै निर्वाचन हुन पुगेको बताए । “हामीले त चुनाव दुई वर्षपछि आउला भन्ने सोचेका थियौँ, तर जेन–जीहरूले विद्रोह गर्नुभयो, सुशासन खोज्न थाल्नुभयो । त्यसैले चुनाव चाँडै आयो,” उनले भने, “कांग्रेसले यो चुनावको स्वागत गरेको छ । पार्टी नयाँ नेतृत्व छान्न तयार छ ।

    अब भोट तपाईंहरूकै हातमा छ । जिताउनुहुन्छ भन्ने विश्वास लिएको छु ।” सभापति थापाले मधेसमा कांग्रेसप्रतिको समर्थन बढ्दै गएको दाबी गर्दै लोकतन्त्र, सुशासन र विकासका लागि कांग्रेस नै विश्वसनीय विकल्प भएको बताए ।

    कार्यक्रमको क्रममा थापाले आज सप्तरीको हनुमाननगर, रुपनी र कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा समेत चुनावी सभालाई सम्बोधन गरेका थिए । यसअघि उनले मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को झुम्कामा पनि कांग्रेसका नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend