Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रास्वपाका वडा सभापति नवराज सहित तीन नेता नेपाली कांग्रेसमा प्रवेश


२७, माघ २०८२
  • 64
    SHARES
  • रास्वपाका वडा सभापति नवराज सहित तीन नेता नेपाली कांग्रेसमा प्रवेश

    रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वडा सभापति नवराज वली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
     
    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेस उम्मेदवार राजु केसीको घरदैलो अभियानअन्तर्गत काफलबोटमा आयोजित कार्यक्रममा वलीसहित तीन जना नेता कांग्रेसमा प्रवेश गरेका हुन् ।
     
    कांग्रेसमा प्रवेश गर्नेमा रास्वपाका वडा सभापति नवराज वलीसँगै नेपाल कम्युनिष्ट पार्टीका लोकबहादुर खड्का र तिलक रोकाय रहेका छन् । नवप्रवेशी नेताहरूलाई उम्मेदवार केसीले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
     
    यसबारे नेपाली कांग्रेस सानीभेरी गाउँपालिकाका उपसभापति सम्राट क्षेत्रीले जानकारी दिए । पार्टी प्रवेशपछि बोल्दै वडा सभापति वलीले जनताको अपेक्षा अनुसार काम गर्न सक्ने सक्षम र जिम्मेवार नेतृत्व आवश्यक भएकाले आफूले नेपाली कांग्रेस रोजेको बताए ।
     
    विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेस नै उपयुक्त शक्ति भएको उनको भनाइ थियो । नवप्रवेशी तीनै जनाले आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
     
    कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार राजु केसीले विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको उल्लेख गर्दै यसले कांग्रेसप्रतिको जनविश्वास झन् मजबुत भएको बताए ।
     
    केसीले समावेशी विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend