Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रुपन्देही-२ मा आशा र भरोसाको लहर: चुन्न पौडेलप्रति बढ्दो जनसमर्थन


२८, माघ २०८२
  • 162
    SHARES
  • रुपन्देही-२ मा आशा र भरोसाको लहर: चुन्न पौडेलप्रति बढ्दो जनसमर्थन

    बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा चुनावी माहोल दिनप्रतिदिन तातेका बेला नेपाली काँग्रेसले रूपान्तरण र परिणाममुखी नेतृत्वको स्पष्ट सन्देश अघि सारेको छ ।

    ‘बद्लिएको काँग्रेस’ भन्ने नारालाई व्यवहारमा उतार्दै पार्टीले संगठन विस्तार, जनसम्पर्क र प्रत्यक्ष मतदाता संवादलाई प्राथमिकतामा राखेको छ ।
    यस क्षेत्रबाट उम्मेदवारी दिएका वरिष्ठ उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेल विकास-केन्द्रित स्पष्ट एजेन्डासहित मतदातामाझ सक्रिय छन् । 

    औद्योगिक अनुभव र सामाजिक योगदानलाई आधार बनाउँदै उनले रोजगारी सिर्जना, पूर्वाधार विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य प्रस्तुत गरेका छन् ।

    सार्वजनिक कार्यक्रमहरूमा बोल्दै पौडेलले लोकतान्त्रिक स्थायित्व, पारदर्शी शासन प्रणाली र उत्पादनमुखी अर्थतन्त्रमार्फत क्षेत्रको समग्र विकास सम्भव हुने धारणा राखेका छन् ।

    उनले युवा पुस्ताको आकांक्षा र अपेक्षालाई सम्बोधन गर्ने कार्ययोजना अघि सार्दै “रोजगारी सिर्जना र उद्यम प्रवर्द्धन बिना दिगो समृद्धि सम्भव हुँदैन” भन्ने स्पष्ट सन्देश दिएका छन् ।

    पार्टीका केन्द्रीय तथा क्षेत्रीय नेतृत्वले पछिल्लो राजनीतिक परिवेशपछि काँग्रेसले आत्मसमीक्षा गर्दै नीतिगत स्पष्टता र संगठनात्मक अनुशासनमा जोड दिएको बताएका छन् । चुनावपूर्व गठबन्धनभन्दा आफ्नै कार्यक्रम, दृष्टिकोण र योजनाका आधारमा जनमतमा जाने रणनीतिले कार्यकर्ता पंक्तिमा नयाँ ऊर्जा थपिएको उनीहरूको दाबी छ ।

    नेपाली कांग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीका अनुसार सबै वडामा प्रचार संरचना विस्तार भइसकेको छ भने टोलस्तरसम्म कार्यकर्ता परिचालनलाई तीव्रता दिइएको छ । विभिन्न वडामा आयोजित कार्यक्रमहरूमा स्थानीयको उल्लेख्य सहभागिताले चुनावी वातावरण थप उत्साहजनक बनेको छ ।

    रुपन्देही-२ मा अहिले विकास, स्थायित्व र भरोसाको बहस केन्द्रमा छ । उद्योग र सामाजिक क्षेत्रमा स्थापित छविका कारण चुन्नप्रसाद पौडेलप्रति बढ्दो जनसमर्थनले यसपटकको निर्वाचन प्रतिस्पर्धालाई विशेष चासोको विषय बनाएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend