Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रोल्पामा ४ जिल्लाका जनप्रतिनिधिहरु भेटघाट


१३, साउन २०८०
  • 246
    SHARES
  • रोल्पामा ४ जिल्लाका जनप्रतिनिधिहरु भेटघाट

    रोल्पा । रोल्पामा ४ जिल्लाका जनप्रतिनिधिहरु भेटघाट भएको छ।रोल्पा,बाग्लुङ,गुल्मी र प्युठानका जनप्रतिनिधिहरुको शनिबार रोल्पामा भेटघाट भएको हो।रोल्पा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग ३ जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीहरुले भेटघाट गरेका हुन् ।

    ताराखोला गाउँपालिका बाग्लुङ,धुरकोट गाउँपालिका गुल्मी,झिमरुक गाउँपालिका प्युठान,माण्डवी गाउँपालिका प्युठान र सुनिल स्मृति गाउँपालिका रोल्पाका जनप्रतिनिधि र कर्मचारीहरुले भेटघाट गरेको रोल्पा नगरपालिकाको सचिवालयले जानकारी दिएको छ।भेटघाट तथा भ्रमणका क्रममा आएका ३ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले रोल्पा नगरपालिकाको पर्यटकीय स्थल रकगार्डेन र जनयुद्ध स्मृति भ्युटावरको अवलोकन गरेको रोल्पा नगरपालिकाका प्रेस संयोजक देवी गुरुङले जानकारी दिनु भएको छ।

    पर्यटकीय स्थलको अवलोकन पश्चात् भएको नगरपालिकाले परिचयात्मक तथा अनुभव आदानप्रदान गरेको सचिवालयले बताएको छ।अनुभव आदानप्रदान कार्यक्रममा विभिन्न पालिकाबाट आएका जनप्रतिनिधिहरुले रोल्पा नगरपालिकाको समग्र विकासको अवस्था सन्तोषजनक रहेको बताएका थिए।

    द्वन्द्वको उद्गमथलो रोल्पाको पहिचान दिने गरी रोल्पा नगरपालिकाको विकासको अवस्था विस्तारै प्रगतिको पथमा अगाडि बढेको आफूले पाएको धुरकोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए।परिचयात्मक तथा अनुभव आदानप्रदान कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले आफूहरू पालिकामा भइरहेको विकास निर्माण र आफूहरूले गर्दै आएका कार्यहरु लगायत बताएका थिए भने कसरी पालिकामा भएका बेरुजुहरुलाई कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ।

    परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पाको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए।भेटघाट कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती,सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी,रोल्पा नगरपालिकाका उपमेयर गिता आर्चाय,सुनिल स्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापा,ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बि.क., उपाध्यक्ष भिमबहादुर रोका,धुरकोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल,उपाध्यक्ष सिता गिरी,झिम्रुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेल,माण्डवी गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी,प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे,रोल्पा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक गिरी लगायतका वडा अध्यक्षहरु,कर्मचारीहरु लगायतको सहभागिता रहेको थियोे।

    कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिका प्रशासकीय अधिकृत सुशील थापाले गरेका थिए।भ्रमण टोलीले प्युठानका विभिन्न स्थान र रोल्पाको सुनिल स्मृति गाउँपालिकाको पनि भ्रमण गरेको बताएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend