Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कार्यसम्पादनमा देशकै पहिलो बन्दै बुटवल उपमहानगरपालिका : सुशासन, विकास र सामाजिक रूपान्तरणको नमुना


१, फागुन २०८२
  • 152
    SHARES
  • कार्यसम्पादनमा देशकै पहिलो बन्दै बुटवल उपमहानगरपालिका : सुशासन, विकास र सामाजिक रूपान्तरणको नमुना

    बुटवल। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका देशकै उत्कृष्ट बनेको छ।

    आयोगका अनुसार बुटवलले ६४.४४ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। स्थानीय तहको सुशासन, वित्तीय अनुशासन, शिक्षा, स्वास्थ्य, राजस्व परिचालन तथा सामाजिक सेवा क्षेत्रका १७ सूचकका आधारमा गरिएको मूल्यांकनमा बुटवलले उल्लेखनीय सुधार र प्रभावकारी कार्यसम्पादन देखाएको आयोगको निष्कर्ष छ।

    दाङका तुल्सीपुर र घोराही उपमहानगरपालिकाले क्रमशः ६१.५३ र ६१.०८ अंक प्राप्त गरेका छन् भने धरानले ४९.७६ अंक ल्याएको छ। इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा पछाडि रहेको प्रतिवेदनमा उल्लेख छ।

    सुशासन र वित्तीय अनुशासनमा अब्बल आयोगले समयमै बजेट सार्वजनिक तथा पारित गर्ने प्रक्रिया, राजस्व संकलन, प्रदेश सञ्चित कोषमा नियमित दाखिला, बजेट खर्चको पारदर्शिता, बेरुजु न्यूनीकरण र सूत्र सफ्टवेयरको प्रभावकारी प्रयोगलाई मूल्यांकनका मुख्य आधार बनाएको थियो। बुटवलले बजेट व्यवस्थापनमा समयपालन, राजस्व दायरा विस्तार र बेरुजु घटाउने प्रयासमार्फत वित्तीय अनुशासनलाई संस्थागत गरेको देखिएको छ।

    ‘उज्यालो बुटवल’ अभियान स् सुरक्षित शहरतर्फ कदम

    उपमहानगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो बुटवल’ अभियान अन्तर्गत मुख्य सडकदेखि भित्री टोलसम्म स्मार्ट सडक बत्ती जडान गरिएको छ।

    यसले रातिको सुरक्षा अवस्था सुधार हुनुका साथै व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव परेको स्थानीय व्यवसायीहरूको भनाइ छ। उज्यालो शहरले दुर्घटना र असुरक्षा न्यूनीकरणमा टेवा पुर्‍याएको छ। सरसफाइ र सामाजिक उत्तरदायित्व ६७औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालन गर्दै बसपार्क, मुख्य सडक, नदी किनार र सार्वजनिक स्थल सफा गरिएको थियो।

    नगरप्रमुखदेखि कर्मचारी, विद्यार्थी, युवा क्लब र स्थानीय नागरिकको सहभागिताले ‘स्वच्छ बुटवल, स्वस्थ बुटवल’ अभियानलाई सशक्त बनाएको छ। त्यस्तै, सडकमा अलपत्र गाईबस्तुको संरक्षणका लागि गौशाला निर्माण गरी बुटवलले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। यसले सडक दुर्घटना न्यूनीकरण र धार्मिक–मानवीय मूल्य संरक्षणमा सहयोग पुगेको स्थानीयवासीको भनाइ छ।

    महिला सशक्तीकरण र सांस्कृतिक रूपान्तरण

    महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाइकटाइ, अगरबत्ती निर्माण, खाद्य प्रशोधन, ढाका बुनाइ लगायतका तालिम सञ्चालन गरिएको छ। तालिमपछि धेरै महिला घरेलु उद्योग सञ्चालन गर्दै आर्थिक रूपमा सक्षम बन्न थालेका छन्। उत्पादनको बजारीकरणमा समेत उपमहानगरपालिकाले सहयोग गरिरहेको छ।

    परम्परागत रूपमा पुरुषले मात्र बजाउने नौमती बाजामा महिलालाई तालिम दिइनु सामाजिक रूपान्तरणको ऐतिहासिक कदमका रूपमा लिइएको छ। यसले महिला सहभागिता र सांस्कृतिक संरक्षणमा नयाँ आयाम थपेको छ।


    युवालाई प्रविधिसँग जोड्दै

    युवालाई स्वरोजगारमुखी बनाउन भिडियो ग्राफी, फोटोग्राफी, डिजिटल मिडिया, कम्प्युटर तथा ब्युटिसियन तालिम सञ्चालन गरिएको छ। तालिमपछि धेरै युवाले आफ्नै व्यवसाय सुरु गरेका छन् भने केहीले रोजगारीसमेत प्राप्त गरेका छन्।

    शिक्षा र स्वास्थ्यमा सुधार विद्यालय भर्ना दर वृद्धि, कक्षा ९ मा टिकाउ दर सुधार, एसइई नतिजा उकास्ने कार्यक्रम तथा गर्भवती महिलाको नियमित जाँच र बालबालिकाको खोप अभियानलाई प्रभावकारी बनाइएको छ।

    यी सूचकमा भएको प्रगतिले बुटवललाई अग्रस्थानमा पुर्‍याउन सहयोग गरेको आयोगको विश्लेषण छ।


    जनविश्वाससँगै अघि बढ्दै

    बुटवल उपमहानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक रूपान्तरण, आर्थिक सशक्तीकरण र सुशासनलाई सन्तुलित रूपमा अघि बढाउँदै आएको छ।

    स्थानीयवासीहरू भन्छन्, बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेको नेतृत्व पूर्ण सफल भएको छ “बुटवल अब केवल व्यापारिक शहर होइन, योजनाबद्ध विकास भएको आधुनिक र सुरक्षित शहर बन्दै गएको छ।”

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend