Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ओखलढुङ्गामा कांग्रेसको पुनरुत्थान संकेत, कुमार लुइटेलको पक्षमा बढ्दो जनसमर्थन


१, फागुन २०८२
  • 1,616
    SHARES
  • ओखलढुङ्गामा कांग्रेसको पुनरुत्थान संकेत, कुमार लुइटेलको पक्षमा बढ्दो जनसमर्थन

    काठमाडौं । ओखलढुङ्गामा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार कुमार लुइटेलको पक्षमा चुनावी माहोल क्रमशः सुदृढ हुँदै गएको संकेत देखिएको छ । विशेष महाधिवेशनपछि देखिएका आन्तरिक असन्तुष्टिहरू समाधानतर्फ उन्मुख भएसँगै पार्टी पंक्ति अहिले एकताबद्ध रूपमा चुनावी अभियानमा केन्द्रित भएको छ ।

    पूर्व सांसद रामहरि खतिवडाको सट्टा लुइटेललाई उम्मेदवार बनाइएपछि सुरुमा देखिएको अन्योल पछिल्लो समय खतिवडाको सक्रिय सहभागितासँगै अन्त्य भएको र संगठनात्मक एकता मजबुत बनेको स्थानीय नेताहरू बताउँछन् ।

    जिल्ला सभापति तेजेन्द्र खनालको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिले ८ स्थानीय तह र ७५ वडामा संगठनलाई पूर्ण रूपमा परिचालन गरेको जनाएको छ । गाउँ–गाउँमा घरदैलो, छलफल र अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद बढाइएको छ ।

    चिशंखुगढी गाउँपालिका सभापति गोपालमान थापा तथा पूर्वमन्त्री प्रदीपकुमार सुनुवारले लुइटेलको उम्मेदवारीलाई युवा पुस्ताको प्रतिनिधित्व र सुशासनको अपेक्षासँग जोडेर व्याख्या गरेका छन् । लुइटेलले ‘पुरानो भरोसा र नयाँ आशा’को सन्देशसहित भौतिक पूर्वाधार विकास, रोजगारी सिर्जना र स्थानीय सम्भावनाको उपयोगलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

    ओखलढुङ्गा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएकाले यहाँको प्रतिस्पर्धा विशेष चासोका साथ हेरिएको छ । कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा देखिए पनि एमालेभित्रको संगठनात्मक चुनौती, केही पदाधिकारीको दल परिवर्तन र उम्मेदवार चयनप्रतिको असन्तुष्टिले प्रतिस्पर्धाको समीकरण प्रभावित भएको विश्लेषण गरिएको छ ।

     एमालेकी अस्मिता थापा, नेकपाका अम्बिरबाबु गुरुङ र रास्वपाका विश्वराज पोखरेलसँग फागुन २१ गते हुने प्रतिस्पर्धामा कांग्रेसतर्फ मतदाताको आकर्षण बढ्दो रहेको स्थानीय स्रोतहरूको दाबी छ । बौद्धिक र अपेक्षाकृत स्वच्छ छवि बनाएका युवा नेताका रूपमा परिचित लुइटेलको उम्मेदवारीपछि गाउँस्तरमा नयाँ उत्साह देखिएको बताइन्छ । 

    कांग्रेसले विगतको जनविश्वास पुनःस्थापित गर्ने लक्ष्यसहित अभियानलाई तीव्रता दिएको छ । समग्र राजनीतिक परिदृश्य हेर्दा ओखलढुङ्गामा देखिएको पछिल्लो सक्रियता र मतदाताको झुकावले यस क्षेत्रको चुनावी परिणाम रोचक मात्र नभई अर्थपूर्ण हुने संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend