Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान


१, फागुन २०८२
  • 92
    SHARES
  • विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान

    काठमाडौँ । नेपाली कांग्रेसले बदलिएको राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट सोचसहित देशलाई सुशासन र समृद्धिको मार्गमा डोर्‍याउने सङ्कल्प गरेको छ। पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनाको अभियानलाई कांग्रेसले यतिबेला उच्च प्राथमिकतामा राखेको पार्टीको भनाई छ। 

    यही ऐतिहासिक संक्रमणको घडीलाई मध्यनजर गर्दै कांग्रेसले वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने र समाजका विभिन्न प्रतिष्ठित क्षेत्रमा सक्रिय रहेका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन खुला आह्वान गरेको छ। कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाज जस्ता विविध क्षेत्रका अनुभवी र क्षमतावान् व्यक्तिहरूलाई कांग्रेसको लोकतान्त्रिक मञ्चमा जोडिन आग्रह गरेका छन्। 

    विज्ञप्तिमा उल्लेख भएअनुसार कांग्रेसले अब व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्य र मान्यतालाई केन्द्रमा राखेर पारदर्शिता, जबाफदेहिता र नीतिमा आधारित राजनीतिलाई मुख्य आधार बनाउने लक्ष्य लिएको छ। देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच र नवीन ऊर्जा बोकेका अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य रहेको ठहर गर्दै कांग्रेसले राष्ट्र निर्माणको यो साझा अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend