Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अबको विकल्प कांग्रेस नै : लुम्बिनीमा १६ क्षेत्रमा अग्रता दाबी गर्दै अमरसिंह पुनको आह्वान


१, फागुन २०८२
  • 109
    SHARES
  • अबको विकल्प कांग्रेस नै : लुम्बिनीमा १६ क्षेत्रमा अग्रता दाबी गर्दै अमरसिंह पुनको आह्वान

     बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको नयाँ नेतृत्वपछि कांग्रेस सच्चिएर अघि बढेको दाबी गर्दै अबको भरपर्दो विकल्प कांग्रेस नै भएको बताएका छन्।

    उनका अनुसार प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रमा कांग्रेस स्पष्ट रूपमा अगाडि रहेको छ र मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने देखिएको छ । पुनले पार्टीभित्र देखिएका गुटगत समस्याहरू विशेष महाधिवेशनपछि अन्त्य भएको उल्लेख गर्दै नयाँ सोच, ऊर्जा र एकतासहित कांग्रेस अघि बढेको सन्देश गाउँ–गाउँसम्म पुगेको बताए ।

    “अब कांग्रेस एकढिक्का छ, कार्यकर्तामा उत्साह छाएको छ,” उनले भने । वडा तहसम्म तीव्र चुनावी तयारी चुनावी अभियानलाई तीव्र बनाउँदै वडा तहसम्म प्रचार कार्यालय स्थापना गरिएको र घरदैलो, भेटघाट तथा समूहगत छलफललाई व्यापक बनाइएको पुनले जानकारी दिए। फागुन ४ पछि प्रचार अभियानलाई अझ गतिशील बनाउने तयारी रहेको उनको भनाइ छ ।

    नेता पुनले विशेष महाधिवेशनमार्फत जेनेरेसन–जी (Gen Z) लगायतका मुद्दाहरू सम्बोधन गरिएको र असन्तुष्ट पक्षलाई समेटेर अघि बढिएको दाबी गरे। टिकट वितरणप्रति असन्तुष्ट नेतालाई समन्वय र संवादमार्फत मिलाउने प्रयास भइरहेको तथा उपसभापति विश्वप्रकाश शर्मा सक्रिय रूपमा खटिएको उनले बताए ।

    बाँके–३ मा सर्वस्वीकार्य उम्मेदवारी रोल्पा र बाँके दुवै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका पुनलाई बाँके–३ का स्थानीय नेताहरूले सर्वस्वीकार्य उम्मेदवारका रूपमा अघि सारेको उल्लेख गर्दै उनले आफू सुशील कोइरालासँगको निकटता र द्वन्द्वकालीन विस्थापनका कारण बाँकेसँग भावनात्मक रूपमा जोडिएको बताए । यद्यपि प्रदेश सभापति भएकाले सबै जिल्ला आफूका लागि उत्तिकै प्राथमिक रहेको उनको भनाइ छ ।

    नयाँ शक्तिको प्रभाव सीमित सामाजिक सञ्जालमा देखिएको नयाँ शक्तिको चर्चा जनतामाझ प्रभावकारी नभएको दाबी गर्दै पुनले मतदाताले अन्ततः ठोस एजेन्डा, स्पष्ट योजना र स्थिर नेतृत्व रोज्ने विश्वास व्यक्त गरे।

    कांग्रेसले स्थिरता, संविधान परिमार्जन र सुशासन सुनिश्चित गर्ने एजेन्डासहित बहुमत हासिल गर्ने उनको दाबी छ । मतदातालाई विवेकपूर्ण निर्णयको आग्रह लुम्बिनी प्रदेशवासी तथा बाँके–३ का मतदातालाई विवेक प्रयोग गरी काम गर्ने दल र सक्षम नेतृत्वलाई मत दिन आग्रह गर्दै पुनले लहड वा आवेशमा नबग्न अपिल गरे जो। “कांग्रेसको हित र देशको भविष्यका लागि एकजुट भएर विजय सुनिश्चित गर्नुपर्छ,” उनले जोड दिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend