Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जसपा र आजपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)


१, फागुन २०८२
  • 129
    SHARES
  • जसपा र आजपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

    काठमाण्डाै – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

    आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जसपा र आजपाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितका केही दलले पनि चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको घोषणापत्र सार्वजनिक हुन बाँकी नै छ ।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज काठमाण्डौमा भएको कार्यक्रममा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

    जसपा नेपालले कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने योजना अघि सारेको छ । वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती, यान्त्रिकीकरण, भर्टिकल फार्मिङमार्फत् आउँदो ५ वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने, न्यूनतम समर्थन मूल्य र बजार सुनिश्चितता, बाली बीमा र सस्तो कृषि ऋण उपलब्ध गराउनेलगायत प्रतिबद्धता समेटिएको छ ।

    त्यस्तै आजपाले आफ्नो चुनावी घोषणामा निःशुल्क आधारभूत सेवासहित व्यापक सुधार, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ ।

    जसपाकाे घाेषणापत्र

    आजपाकाे घाेषणापत्र

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend