Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कसैले नयाँ पार्टीमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो : गगन थापा


१, फागुन २०८२
  • 112
    SHARES
  • कसैले नयाँ पार्टीमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो : गगन थापा

    सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

    उनले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । किनकि कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।’

    उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेपछि खुसी लागेको बताए । उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए । उनले भने, ‘सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् । तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुसी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।’

    थापाले अहिले मधेसको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनुपर्ने बताए । उनले भने, ‘अहिले सर्लाही लगायतका मधेसका जिल्लामा शिक्षा, स्वास्थ्य र सिचाइँ मुख्य समस्या हो ।

    यहाँको जग नै बलियो बनाउनु छ । त्यसका लागि युवाहरूले एक जना बराबर पाँच जना परिवारलाई बुझाउनुपर्ने स्थिति छ कांग्रेसको बारेमा । तपाईं युवाहरूले यस बारेमा जिम्मा लिइदिनुपर्छ। मैले मेरो टिमसँग पनि यही भनेको छु ।’

    उनले अब कांग्रेसले घोषणा पत्रमा पनि सर्लाहीको मागबारे ल्याउने तयारी भइरहेको बताए । उनले भने, ‘त्यसमा सर्लाहीका समस्या कांग्रेसको संकल्पपत्रमा रहोस् भनेर म आज काठमाडौँ जाँदैछु । म फेरि आउनेछु ।’

    उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे ।  ‘देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ’, सभापति थापाले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend