Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राप्रपाको घोषणापत्र सार्वजनिक : दुई तहको शासकीय संरचनाको कल्पना


२, फागुन २०८२
  • 77
    SHARES
  • राप्रपाको घोषणापत्र सार्वजनिक : दुई तहको शासकीय संरचनाको कल्पना

    काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा चुनावका लागि ‘सङ्कपपत्र’ नाम दिएको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको हो ।

    राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई अघि सारेको छ । यस्तै निर्वाचन प्रणालीमा परिवर्तन र सुधार गर्नुपर्ने भन्दै प्रदेशको खारेजी, केन्द्र र बलियो पालिका भएको दुई तहको शासकीय संरचनाको कल्पना गरेको छ ।

    पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र हुनुपर्ने राप्रपाको भनाइ छ । ‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने नारासहित राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानूनी व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।

    राप्रपाले पाँच वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । रोजगार र आयआर्जनका अवसर वृद्धि गरी उपभोग तथा बचत क्षमता बढाउने तथा वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न लगानीमैत्री कानून निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।

    नेपाललाई ‘ग्रे लिस्ट’बाट मुक्त गर्न वित्तीय पारदर्शिता, मनी लाउन्ड्रिङ नियन्त्रण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियामक सुधार गर्ने, सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम सुरक्षित गर्ने राप्रपाको लक्ष्य रहेको घोषणापत्रमा उल्लेख छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले शतप्रतिशत कार्यान्वयन गर्न सकिने प्रतिबद्धताहरू मात्रै समावेश गरेको दाबी गर्नुभयो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend