Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चुनावी गतिविधिमा प्रविधिको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह


६, फागुन २०८२
  • 91
    SHARES
  • चुनावी गतिविधिमा प्रविधिको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

    काठमाण्डौ – निर्वाचन आयोगले चुनावी गतिविधि गर्दा प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको छ । प्रविधिको प्रयोग गर्दा हुने दुरुपयोगले चुनावको निष्पक्षतामा नै प्रश्न उठ्न सक्ने भएकाले यसतर्फ गम्भीर बन्न आयोगले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

    आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एवम् सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चार माध्यमलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी सृजना गरिएका कतिपय सामग्री सामाजिक सञ्जालमा नराख्न र चुनावलाई मर्यादित बनाउन आग्रह गर्नुभयो ।

    उहाँले चुनाव केन्द्रित मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिता, २०८२ ले प्रस्ताव गरेको मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्ने भएकाले नतिजा पहिला नै घोषणा गरिदिँदै उम्मेदवारलाई हतोत्साही बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्याउने जस्ता काम नगर्न आयोगले अनुरोध गरेको छ ।

    नयाँ नयाँ प्रविधिले सूचना प्रवाहमा सहजता ल्याएको भए पनि यसको दुरुपयोग गर्न नहुनेमा उहाँको जोड छ । निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ भन्नेतर्फ आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend