Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यी हुन् जनकपुरको सभाबाट गगन थापाले गरेका प्रतिज्ञा


६, फागुन २०८२
  • 90
    SHARES
  • यी हुन् जनकपुरको सभाबाट गगन थापाले गरेका प्रतिज्ञा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको राजनीतिक र विकासको शैली बदल्ने ‘प्रतिज्ञा’ गरेका छन् ।

    बुधबार जनकपुरधाममा आयोजित पार्टीको प्रतिज्ञासभालाई सम्बोधन गर्दै थापाले मधेसलाई ‘अन्नको भण्डार र ज्ञानको पाठशाला’को रूपमा पुनर्स्थापित गर्ने संकल्प गरे । अब कांग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने उनको भनाइ छ । बरु प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए । मधेससँगको सम्बन्धलाई राजनीतिक लाभ–हानीभन्दा माथि उठेर ‘बेटा र माटो’को सम्बन्धका रूपमा उनले व्याख्या गरे । 

    ‘मधेसको बेटा हुन आएको हुँ’
    थापाले मधेसी पहिचान र सम्मानको मुद्दा उठाए । "म यहाँ मधेसको नेता हुन होइन, बेटा हुन आएको हुँ," थापाले भने, "मेरो नसामा मधेसी आमाको रगत नहोला, तर मेरो छातीमा दुर्गानन्द झाको शाहस र आँखामा महेन्द्रनारायण निधिको सपना छ ।"

    उनले अब सिंहदरबार छिर्दा मधेसीले आफ्नो धोती–कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेसी छी’ भन्न सक्ने वातावरण कांग्रेसले निर्माण गर्ने बताए ।

    राजा जनकको प्रतिज्ञा र कांग्रेसको नयाँ बाटो
    राजा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान रामले धनुष उठाएर गरेको विजयलाई स्मरण गर्दै थापाले कांग्रेसको आगामी यात्रा ‘प्रतिज्ञा’मा आधारित हुने बताए ।

    "यो शक्तिको विजय मात्र होइन, यो प्रतिज्ञाको विजय हो," थापाले भने, "आज म जे बोल्दै छु, यो प्रतिज्ञा हो । सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्नेछैन । हामीले २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर अध्ययन गरी यो प्रतिज्ञा तयार पारेका छौँ ।"

    शिक्षा र स्वास्थ्यमा क्रान्ति : मधेसलाई पुनः ‘ज्ञानको केन्द्र’ बनाउने अठोट
    थापाले मधेसको खस्कँदो शैक्षिकस्तरप्रति चिन्ता व्यक्त गर्दै गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना अघि सारे । स्वास्थ्य क्षेत्रमा ‘एक रुपैयाँ तिर्नु नपर्ने’ स्वास्थ्य बीमा प्रणालीको ग्यारेन्टी गरे । कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिनको अन्त्य गर्ने थापाको भनाइ छ ।

    "कुनै बेला पहाडका मान्छे गणित सिक्न मधेस आउँथे, आज यहाँकै विद्यालय कमजोर छन्," थापाले भने ।

    किसान र वैदेशिक रोजगारी : पसिनाको मूल्य र भविष्यको ग्यारेन्टी
    मधेसका उखु र आलु किसानको समस्यालाई नजिकबाट नियालेको बताउँदै थापाले यस दशकलाई ‘किसानको दशक’ बनाउने घोषणा गरे ।

    वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि सरकारले दूतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्कंदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने योजना उनले सुनाए ।

    "४ खर्बको कृषि उपज आयात गर्ने देशलाई हामी आफ्नै उत्पादनले आत्मनिर्भर बनाउनेछौँ," थापाले भने ।

    निषेध होइन, सबैलाई जोड्ने राजनीति
    कांग्रेस एक्लैले देश बदल्न नसक्ने स्वीकार गर्दै थापाले ‘टिम नेपाल’को अवधारणा अघि सारे । थापाका अनुसार, यो टिमले अर्को पार्टीलाई होइन, बरु नेपालको कुशासन, गरिबी र बेरोजगारीलाई हराउनेछ ।

    उनले मधेस प्रदेशमा पार्टीका ३२ जना उमेदवारहरूलाई घर–घर गएर ‘बदलिएको कांग्रेस’को सन्देश प्रवाह गर्न निर्देशनसमेत दिए ।

    "टिम नेपालमा कांग्रेसले नेतृत्व गर्छ । तर, यसमा एमाले, माओवादी, रास्वपा र जसपा सबै अटाउँछन्," थापाले स्पष्ट पारे ।
     
    गगनको १० बुँदे ‘मधेस–देश’ प्रतिज्ञा
    प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने गौरवपूर्ण नेपाल
    सपना देख्नसक्ने र आफ्नै जीवनकालमा साकार पार्नसक्ने नेपाल
    सिंगो विश्वलाई उत्पादन निर्यात गर्न सक्ने स्वाभिमानी किसानको नेपाल
    छोराछोरी पढाउन ऋण काढ्नु नपर्ने र उच्च शिक्षाको ग्यारेन्टी भएको नेपाल
    बिरामी हुँदा उपचार खर्चको पिरलो नपर्ने (निःशुल्क बीमा) नेपाल
    मौलिक संस्कृतिमा गौरव गर्दै आधुनिक प्रविधिमा लम्कने सूचना प्रविधिको नेपाल
    विश्वले स्वाभिमानी र स्वतन्त्र देश भनेर सम्मान गर्ने नेपाल
    आर्थिक समुन्नति र समृद्धिको महामार्गमा लम्कने नेपाल
    प्रत्येक नागरिक प्रशासनिक हैरानी र झन्झटबाट मुक्त भएको नेपाल
    कानुन ठूलालाई चयन र सानालाई ऐन हुने विभेदकारी अध्यायको पूर्ण अन्त्य

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend