Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गरौँ : विश्वप्रकाश शर्मा


६, फागुन २०८२
  • 70
    SHARES
  • वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गरौँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

    बुधबार जनकपुरधाममा पार्टीले आयोजना गरेको प्रतिज्ञासभालाई सम्बोधन गर्दै शर्माले ०८४ मा हुनुपर्ने निर्वाचन ०८२ मै किन हुन लागेको हो ? भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताए ।

    अहिलेको विषम परिस्थितिमा कसलाई जिताउने भन्दा पनि मुलुकलाई कसले सम्हाल्न सक्छ ? भन्ने मूल प्रश्न भएको शर्माको भनाइ छ । मधेसलाई देशको अन्नको भण्डारका रूपमा व्याख्या गर्दै शर्माले यहाँका किसानप्रति आभार व्यक्त गरे ।

    देश र मधेस दुवै पीडामा रहेको उल्लेख गर्दै शर्माले समाधान खोज्न राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए । विशेष महाधिवेशनमार्फत कांग्रेस रुपान्तरण भएर आएको भन्दै शर्माले पहाड, तराई र हिमाल क्षेत्रमा देखिएका समस्याको समाधानको प्रतिज्ञा गर्न मधेस आएको बताए ।

    यस्तो छ शर्माको भनाइ :
    यो मधेस हामी सबै नेपालीको पेटमा अन्न पुर्‍याउने उर्वर भूमि हो । हामी मधेसका सबै आदरणीय किसान र किसानको पसिना तथा किसानले उत्पादन गरेको अन्नको एक-एक दानाप्रति कृतज्ञता व्यक्त गर्नको लागि यहाँ आएका छौँ । अहिले देशलाई दुखिरहेको छ, मधेसलाई दुखिरहेको छ । यो बेला मूल प्रश्न कसलाई जिताउने भन्ने होइन । यो विषम परिस्थितिमा मुलुकलाई कसले सम्हाल्न सक्छ भन्ने मुल प्रश्न हो । ०८४ मा हुनुपर्ने निर्वाचन ०८२ मै किन हुँदै छ ? नेपाली कांग्रेस आज पहाड, तराई, हिमाल कहाँ-कहाँ कसलाई दुखेको छ ? त्यसको समाधान के हुनसक्छ भनेर विशेष महाधिवेशनमार्फत एमआरआई गरेर आज मधेशमा प्रतिज्ञा गर्न आएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend