Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेकपा एमालेको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)


७, फागुन २०८२
  • 104
    SHARES
  • नेकपा एमालेको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

    काठमाण्डौ – नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नाराका साथ घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

    घोषणापत्रमा आउँदो पाँच वर्षभित्र देशको अर्थतन्त्रको आकार एक सय खर्ब र १० वर्षमा दुई सय खर्ब पुर्‍याउने महत्वकांक्षी लक्ष्य समेटिएको छ । यस्तै पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता पनि घोषणापत्रमा छ ।

    सरकार गठन लगत्तै शुरु गर्ने ११ वटा ग्यारेन्टीसहितका कार्यक्रम एमालेले अघि सारेको छ । जसअन्तर्गत १८ देखि २८ वर्षका युवालाई वार्षिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपमा लाग्नेलाई १० हजार डलर बराबरको ‘डलर कार्ड’ र विद्यार्थीलाई २० लाखसम्मको निर्ब्याजी ऋण दिने योजना छ ।

    न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुर्‍याउने र वैदेशिक रोजगारीका श्रमिकलाई वार्षिक पाँच हजार बोनस दिने प्रतिबद्धता पनि घोषणापत्रमा छ । पूर्वाधारतर्फ एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, सुरुङ मार्ग र ठूला शहरमा मेट्रो तथा मोनोरेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । राजनीतिक स्थिरता, सुशासन र असंलग्न परराष्ट्र नीतिलाई मुख्य प्राथमिकतामा राखिएको घोषणापत्रमा उल्लेख छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend