Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भरत कुमार शाह : निरन्तरता, निष्ठा र विकासको प्रतीक


८, फागुन २०८२
  • 138
    SHARES
  • भरत कुमार शाह : निरन्तरता, निष्ठा र विकासको प्रतीक

     बुटवल । रूपन्देही क्षेत्र नं. ५ का अनुभवी नेपाली कांग्रेस नेता भरत कुमार शाह जनताबाट पटक–पटक निर्वाचित हुँदै संसद् पुग्न सफल व्यक्तित्व हुन् ।

    यस पटक छैटौं पटक उम्मेदवार बनेका शाह स्वच्छ छवि, सरल जीवनशैली र क्षेत्रप्रतिको अटल प्रतिबद्धताका कारण मतदातामाझ लोकप्रिय छन् । २०५६ सालमा पहिलो पटक रूपन्देही–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनले २०५८ मा अर्थ राज्यमन्त्रीको जिम्मेवारी सम्हाले ।

    २०७० र २०७४ सालमा पनि विजयी हुँदै सार्वजनिक लेखा समितिको सभापति भई सक्रिय भूमिका निर्वाह गरे । निर्वाचनमा पराजय भोग्दा पनि क्षेत्र नछाड्ने दृढ अडानले उनलाई “जनताको सच्चा सिपाही” का रूपमा चिनाएको छ ।

    उनको पहलमा कञ्चन बाँध निर्माण, कलौनी–बयरकट्टी सडक विस्तार तथा लुम्बिनी क्षेत्रको विकासमा उल्लेखनीय प्रगति भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय बोर्ड सदस्यका रूपमा उनले पार्टी संगठन सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।

    वित्तीय संस्था सञ्चालनको अनुभवले उनलाई अर्थतन्त्रबारे गहिरो समझ प्रदान गरेको छ, जसले क्षेत्रीय विकास योजनामा व्यावहारिक आधार तयार गरेको छ । शाहले सार्वजनिक रूपमै यो आफ्नो अन्तिम उम्मेदवारी भएको घोषणा गर्दै बाँकी विकास कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    भ्रष्टाचार नियन्त्रण, कक्रहवा नाका स्तरोन्नति, ग्रेटर लुम्बिनी विकास, कृषि व्यावसायीकरण, शिक्षा–स्वास्थ्य सुधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन् कांग्रेसको परम्परागत मत आधार यस क्षेत्रमा (२०७९ को समानुपातिकतर्फ १९,८४८ मत) र शाहको व्यक्तिगत निष्ठा तथा निरन्तर उपस्थितिले उनलाई बलियो उम्मेदवार बनाएको छ ।

    युवा मतदाता र कार्यकर्ताको उत्साहजनक साथले अभियान थप मजबुत बनेको छ । हारमा पनि नडगमगाउने साहस र निरन्तर सक्रियताले उनलाई विश्वासिलो नेता बनाएको छ । रूपन्देही–५ को विकासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित मैदानमा उत्रिएका भरत कुमार शाहका लागि यो चुनाव ऐतिहासिक अवसरका रूपमा हेरिएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend