Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चुनाव हुँदैन कि भन्ने संशय हट्याे : अर्थमन्त्री खनाल


८, फागुन २०८२
  • 90
    SHARES
  • चुनाव हुँदैन कि भन्ने संशय हट्याे : अर्थमन्त्री खनाल

    काठमाण्डाै – अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ गते प्रतिनिधिसभा सदस्य चुनाव हुँदैन कि भन्ने संशय हटेको बताउनुभएको छ ।

    पर्यटन बोर्ड र परिसूचक मिडियाले आज काठमाण्डाैमा आयाेजना गरेकाे ‘नेपाल पर्यटन गोष्ठी’ मा अर्थमन्त्री खनालले चुनाव गराउन बनेको सरकारलाई शुरुआती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि देशमा चुनाव हुने बाटो बनेको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘याे सरकार बनेकाे ५–६ हप्तासम्म चुनाव हुँदैन कि भन्ने संशय हटेकाे छ । जेलबाट कैदीहरू निस्केका छन् । हतियारहरू बाहिर छन् । यस्तो अवस्थामा यो सरकारले कसरी चुनाव गराउन सक्ला भन्ने एउटा ठूलो संशय थियो । अत्यन्तै संयमतापूर्वक कुनै प्रतिरोध नगरि त्यो संशयलाई मेटाउन ठूलो चुनौती थियो ।’

    अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको उल्लेख गर्नुभयाे । उहाँकाअनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend