Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सर्लाही–४ मा गगन थापाको प्रतिबद्धता : “सांसद खोज्दै धाउनुपर्दैन, म आफैं आउँछु”


९, फागुन २०८२
  • 72
    SHARES
  • सर्लाही–४ मा गगन थापाको प्रतिबद्धता : “सांसद खोज्दै धाउनुपर्दैन, म आफैं आउँछु”

    सर्लाही। नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगनकुमार थापाले मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहने प्रतिबद्धता जनाएका छन्।

    घरदैलो कार्यक्रमका क्रममा उनले अब मतदाताले “सांसद खोज्दै धाउनुपर्ने अवस्था अन्त्य गर्ने” वाचा गरेका हुन्। भगवतीपुर र सिमरामा आयोजित घरदैलो अभियानका क्रममा स्थानीयले चुनावका बेला मात्र देखिने र त्यसपछि बेपत्ता हुने प्रतिनिधिप्रति गुनासो गरेपछि थापाले सर्लाही–४ मा स्थायी सम्पर्क कार्यालय स्थापना गर्ने र आफ्नै टोलीमार्फत निरन्तर सेवा दिने बताए।

    “अब तपाईंहरू सांसद खोज्दै आउनु पर्दैन, म आफैं आउँछु। सर्लाही मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय रहन्छ, मेरो टिम रहन्छ,” उनले भने, “कुनै युवकले अप्ठ्यारो पर्दा बुबालाई फोन गर्नु भन्दा ‘ए गगन दाइ’ भन्न सक्ने वातावरण बनाउन म सर्लाही आएको हुँ।”

    सभापति थापाले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं मात्र बुझेर नहुने उल्लेख गर्दै मधेसलाई बुझ्न र मधेसकै प्रतिनिधि बन्न आफू सर्लाही आएको बताए। “नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं थाहा पाएर मात्र हुँदैन, मधेस पनि बुझ्नुपर्छ।

    म मधेस बुझ्न र मधेसको हुन यहाँ आएको हुँ,” उनले स्पष्ट पारे। उनले कांग्रेस नेतृत्वमा सरकार बनेपछि नागरिकले अस्पतालमा उपचार गर्दा खल्तीबाट एक रुपैयाँ पनि तिर्नु नपर्ने व्यवस्था गर्ने दाबी गरे। किसानका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै उखु किसानको विषय प्रधानमन्त्रीसँग उठाइसकेको र त्यसको समाधानका लागि पहल भइरहेको जानकारी पनि दिए।

    “उखुको समस्या मेरो जिम्मा हो,” उनले भने। सर्लाही–४ लाई “मधेसको नम्बर एक निर्वाचन क्षेत्र” बनाउने लक्ष्य व्यक्त गर्दै थापाले क्षेत्रमा इन्जिनियरिङ कलेज स्थापना र किड्नी उपचार केन्द्र निर्माणको निर्णय भइसकेको जानकारी गराए। “गगन थापाको क्षेत्रमा अब बाटो यस्तो रहँदैन, अस्पताल यस्तो रहँदैन,” उनले भने, “इन्जिनियरिङ कलेज खोल्ने र किड्नी उपचार केन्द्र बनाउने निर्णय भइसकेको छ।”

    अन्त्यमा उनले मतदातासँग काम गर्ने अवसर माग्दै २१ गतेसम्म आफूका पक्षमा लाग्न आग्रह गरे। “मलाई काम गर्ने मौका दिनुस्, २१ गतेसम्म मेरो लागि हिँडिदिनुस्, २१ गतेपछि तपाईंहरूको जिम्मा म लिन्छु,” उनले भने। उनले घरघर पुगेर आफ्नो पक्षमा माहोल बनाउन आग्रह गर्दै सर्लाही–४ को विकासका लागि आफूलाई जिम्मेवारी दिन अपिलसमेत गरेका छन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend