Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गच्छे-भालुवाङ सडक कालोपत्रेका लागि बजेट सुनिश्चित गर्ने मुस्कानको प्रतिबद्धता


१०, फागुन २०८२
  • 194
    SHARES
  • गच्छे-भालुवाङ सडक कालोपत्रेका लागि बजेट सुनिश्चित गर्ने मुस्कानको प्रतिबद्धता

    अर्घाखाँची । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विष्णुप्रसाद खनाल ‘मुस्कान’ले गच्छे-भालुवाङ सडकलाई समयमै कालोपत्रे गर्न आवश्यक बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेस ढिकुरा गाउँ कार्य समितिले शनिवार आयोजना गरेको चुनावी कोणसभालाई ढिकुराको चौतारा र डेभाको सौतीपोखरामा सम्बोधन गर्दै उम्मेदवार मुस्कानले सानडेभाहुँदै खाँचीकोट जोड्ने मोटरबाटो तथा डेभाहुँदै पुत्के-डढुवा-पाकु जोड्ने सडकलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

    उनले नुवाकोट, ढिकुरा, धनचौर लगायत जिल्लाभर स्वास्थ्य, शिक्षा, खानेपानी र आधारभूत पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । “विकासलाई परिणाममुखी र समयबद्ध बनाइनेछ,” उनले भने ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमलप्रसाद भुसाल, महासमिति सदस्य लेखनाथ पोखरेल, महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे, जिल्ला सदस्य सूर्यप्रसाद भुसाल र हरिप्रसाद दमासे, भूमिकास्थान नगर सभापति खडानन्द बेल्बासे, युवा नेता राजकुमार श्रेष्ठ, ढेकुराका पूर्व सभापति उमेश घिमिरे, विष्णुप्रसाद मरासिनी, पूर्व जिल्ला सदस्य पूर्णबहादुर शाहीलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    वडा सभापति रामप्रसाद घिमिरे ‘तीर्थ’को सभापतित्व र जीवन घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा भातृ संगठनका प्रतिनिधि, क्रियाशील सदस्य तथा सयौं कांग्रेस कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend