Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नुवाकोटको भविष्यका लागि ‘रुख’ मा मतदान गर्न जगदीश्वर नरसिंह केसीको अपिल


११, फागुन २०८२
  • 85
    SHARES
  • नुवाकोटको भविष्यका लागि ‘रुख’ मा मतदान गर्न जगदीश्वर नरसिंह केसीको अपिल

    नुवाकोट l प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगदीश्वर नरसिंह केसीले आसन्न निर्वाचन नजिकिँदै जाँदा नुवाकोटबासी मतदातासमक्ष भावनात्मक तथा विकासमुखी अपिल गर्नुभएको छ ।

    निर्वाचन आउन अब मात्र १० दिन बाँकी रहेको उल्लेख गर्दै उहाँले परिपक्व अनुभव, स्पष्ट भिजन र सुशासनयुक्त नेतृत्व चयन गर्ने समय आएको बताउनुभयो । केसीले आफ्नो ३० वर्ष लामो राजनीतिक तथा सामाजिक यात्रालाई स्मरण गर्दै नुवाकोटको धुलो–माटोसँग जोडिएको अनुभवी नेतृत्वको आवश्यकता औंल्याउनुभयो ।

    उहाँका अनुसार आगामी पाँच वर्ष नुवाकोटको समग्र विकासको मार्गचित्र कोर्ने महत्वपूर्ण समय भएकाले ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको हो । किन ‘रुख’ चिन्ह? केसीले आफ्नो प्रतिबद्धतामा समावेशी विकासलाई प्राथमिकतामा राख्नुभएको छ ।

    दलित, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका वर्गको अधिकार सुनिश्चित गर्ने, युवालाई वैदेशिक रोजगारीको बाध्यताबाट मुक्त गराई नुवाकोटमै उद्योग, कृषि र स्वरोजगारका अवसर सिर्जना गर्ने उहाँको मुख्य एजेन्डा रहेको छ । त्यस्तै अभियानअन्तर्गत भ्रष्टाचारमुक्त समाज, पारदर्शी शासन प्रणाली र उत्तरदायी नेतृत्व स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

    “अवस्था बदल्ने संकल्प” “विदुरका गल्लीदेखि म्यागङका पाखासम्म, किस्पाङका आलुबारीदेखि बेलकोटगढीका फाँटसम्म- हामी सडक मात्र होइन, प्रत्येक नागरिकको अवस्था बदल्ने संकल्पका साथ तपाईँहरूको दैलोमा छौँ,” केसीले अपिलमा उल्लेख गर्नुभएको छ ।

    उहाँले आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण नुवाकोटबासीमा अनुरोध गर्नुभएको छ । “१० दिनको पर्खाइ, ५ वर्षको सुखद गन्तव्य-रुख चिन्हमा मतदान गरी जगदीश्वरलाई जिताऔँ!”

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend