Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

काठमाडौँ–५ का लागि महामन्त्री प्रदीप पौडेलको १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक

सुशासन, सहकार्य र समुन्नतिको नारासहित स्वास्थ्य, पूर्वाधार र डिजिटल इनोभेसनमा जोड


११, फागुन २०८२
  • 101
    SHARES
  • काठमाडौँ–५ का लागि महामन्त्री प्रदीप पौडेलको १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले १४ बुँदे विस्तृत प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त प्रतिज्ञा पत्रमा उनले सुशासन, सहकार्य र समुन्नतिको नारासहित क्षेत्रको समग्र विकास र नीतिगत सुधारका प्रतिबद्धता प्रस्तुत गरेका हुन् ।

    २०७९ सालमा सांसद निर्वाचित भएपछि गरेका प्रतिबद्धता कार्यान्वयनमा आफूले इमानदारीपूर्वक पहल गरेको उल्लेख गर्दै पौडेलले रिङरोड दोस्रो खण्डको निरन्तरता, सामाखुशी–टोखा सडक, विष्णुमती तथा साङ्लेखोला करिडोरको प्रगति, साथै मेलम्ची खानेपानी विस्तारजस्ता पूर्वाधारका काम अघि बढेको बताएका छन् ।

    शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता प्रतिज्ञा पत्रमा सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कूल’का रूपमा विकास गर्ने, मातृभाषा नेवारी र तामाङसहित मौलिक सीप र ज्ञानलाई पाठ्यक्रममा समावेश गर्न स्थानीय तहसँग सहकार्य गर्ने योजना समेटिएको छ ।

    सार्वजनिक–निजी साझेदारीमार्फत प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गरिने उल्लेख गरिएको छ । स्वास्थ्यतर्फ सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई यसलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    काठमाडौँ–५ लाई ‘मेडिकल हब’का रूपमा विकास गर्दै त्रिवि शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र, कान्ति बाल अस्पताल लगायतका संस्थाको क्षमता विस्तार गर्ने योजना अघि सारिएको छ । बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रलाई अत्याधुनिक बनाउने लक्ष्यसमेत राखिएको छ ।

    डिजिटल इनोभेसन हब र व्यवसायमैत्री कानुन पौडेलले क्षेत्रलाई डिजिटल इनोभेसन हबका रूपमा विकास गर्ने घोषणा गर्दै एआई, डिजिटल मार्केटिङजस्ता विषयमा उच्चस्तरीय तालिम सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन् ।

    संघीय संसदमार्फत व्यवसायमैत्री कानुन निर्माण, झन्झटिलो दर्ता तथा बन्द प्रक्रिया सरल बनाउने र नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तारका लागि कानुनी सुनिश्चितता प्रदान गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

    इन्टरअपरेबल डेटा एक्सचेन्ज लेयर अनिवार्य गर्ने, एआई नीति निर्माणको नेतृत्व लिने तथा नेपालकै लार्ज ल्याङ्ग्वेज मोडल विकासका लागि पूर्वाधार तयार गर्ने योजना पनि प्रतिज्ञा पत्रमा उल्लेख छ । सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धन हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, धुम्बाराही लगायतका ऐतिहासिक क्षेत्रलाई खुला संग्रहालयका रूपमा विकास गरी ‘भ्याली सिटी टुर’मा समावेश गर्ने योजना सार्वजनिक गरिएको छ ।

    टोखाको बिस्का नखः, पाँहाचर्हे र हाँडीगाउँको चोखःते नारायणजात्रा जस्ता परम्पराको ब्रान्डिङ गरी पर्यटन प्रवर्द्धन गरिने प्रतिबद्धता छ । ढल व्यवस्थापन, यातायात र पूर्वाधार विस्तार टुकुचा, धोबिखोला, सामाखुशी र साङ्ला खोलाको ढल व्यवस्थापन तथा सहरी डुबान समाधानका लागि ‘स्टोर्म वाटर ड्रेनेज’ प्रणाली विकास गरिने योजना प्रस्तुत गरिएको छ ।

    मास ट्रान्सपोर्टेसन प्रणाली, साझा डिजिटल भुक्तानी र रियल टाइम सूचना प्रणालीमार्फत सार्वजनिक यातायात व्यवस्थापन सुधार गरिने उल्लेख छ । टोखा–छहरे सुरुङमार्ग, रसुवा–केरुङ राजमार्गलाई व्यापारिक लाइफलाइनका रूपमा विकास गर्न पहल गरिनेछ भने चक्रपथ विस्तार, नारायणगोपाल चोकमा अण्डरपास र फ्लाइओभर निर्माणलाई प्राथमिकता दिइने प्रतिबद्धता पनि जनाइएको छ ।

    खेलकुद, सार्वजनिक जग्गा र हरित क्षेत्र संरक्षण धनेश्वर खेल मैदानलाई राष्ट्रियस्तरको मैदानमा स्तरोन्नति गर्ने तथा भूत्खेल्या दह क्षेत्रको ११४ रोपनी सरकारी जग्गामा पिकनिक स्पट र ध्यान केन्द्र विकास गर्ने योजना अघि सारिएको छ ।

    सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्कसहितका पूर्वाधारमा उपयोग गरिने प्रतिबद्धता जनाइएको छ । भूमिविहीनको पहिचान गरी लालपूर्जा वितरणलाई तीव्रता दिने उल्लेख गर्दै पौडेलले काठमाडौँ–५ लाई समुन्नत, प्रविधिमैत्री र सांस्कृतिक रूपमा समृद्ध क्षेत्रका रूपमा विकास गर्ने अठोट व्यक्त गरेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend