Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चुनावी अभियान लिएर चैनपुर पुगे कुलमान : मतदाताका समस्या सुन्दै उम्मेदवार घनश्याम राई


१२, फागुन २०८२
  • 86
    SHARES
  • चुनावी अभियान लिएर चैनपुर पुगे कुलमान : मतदाताका समस्या सुन्दै उम्मेदवार घनश्याम राई

    चैनपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी प्रचारप्रसारका क्रममा मंगलबार संखुवासभाको ऐतिहासिक चैनपुर बजार पुगेका छन्। आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईको चुनावी अभियानलाई बल पुर्‍याउन उनी घरदैलो कार्यक्रममा सहभागी भएका हुन्।

    चैनपुरका विभिन्न टोलमा आयोजित घरदैलोका क्रममा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। घरदैलोका क्रममा अध्यक्ष घिसिङले विकास र समृद्धिका लागि सक्षम नेतृत्व चयन गर्न आग्रह गरेका छन्। उनले आफ्नो पार्टीको मुख्य एजेन्डा मुलुकको समग्र विकास र सुशासन रहेको बताउँदै उम्मेदवार राईलाई विजयी गराउन अपिल गरे।

    उम्मेदवार घनश्याम राईले स्थानीय समस्या, विशेषगरी पूर्वाधार विकास र रोजगारीका मुद्दालाई आफ्नो प्राथमिकतामा राखेको बताए।

    कार्यक्रममा सहभागी स्थानीयले विकासका योजना र प्रतिबद्धताका विषयमा चासो राखेका थिए। उज्यालो नेपाल पार्टीले यसपटकको निर्वाचनमा आफ्नो संगठन विस्तार र चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र पारेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend