Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गगनलाई रविको व्यंग्य- २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउन कानुन फेर्ने ज्ञान आयो


१२, फागुन २०८२
  • 92
    SHARES
  • गगनलाई रविको व्यंग्य- २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउन कानुन फेर्ने ज्ञान आयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा अब विकास निर्माणको युग सुरु भएको दाबी गरेका छन् यस्तो बताएका हुन् ।

    केहीदिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायी आत्तिन नपर्ने भन्दै टिप्पणी पनि गरेका छन् ।

    ‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् ।  अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले भने, ‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’

    धनगढीको चुनावी सभामा बालेनले सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि, थुनेर हुन्छ छिटो बनाउन लगाउने भनेका थिए ।

    यस्तै सभापति लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्ष्य गर्दै २० वर्ष सांसद भएको मान्छेलाई बल्ल ज्ञान आएको भन्दै टिप्पणी गरे । ‘२०-२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई । बल्ल ज्ञान आयो । तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला,’ लामिछानेले भने ।

    यस्तै उनले विकास निर्माणका काममा दुई देखि ती सिफ्टमा काम हुने बताए । ‘म निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु–हुन सकेसम्म दुई सिफ्ट, तीन सिफ्टमा काम हुन्छ । रातरात काम हुन्छ,’ उनले भने, ‘तपाईँसँग भएका उपकरण पर्याप्त छैनन् होला । विज्ञप्ति निकाल्नुपर्दैन, केके उपकरण ल्याउने हो, कसरी ल्याउनुपर्ने हो ल्याउनुस् । अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend