Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सरकारी अस्पताल सुदृढीकरणदेखि सुकुम्बासी समस्या समाधानसम्म डा. शेखर कोइरालाको ठोस प्रतिबद्धता


१३, फागुन २०८२
  • 113
    SHARES
  • सरकारी अस्पताल सुदृढीकरणदेखि सुकुम्बासी समस्या समाधानसम्म डा. शेखर कोइरालाको ठोस प्रतिबद्धता

    मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारी अस्पतालको सेवा विस्तार, स्थानीयस्तरमै कलेज स्थापना तथा सुकुम्बासी समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    क्षेत्रीय सभालाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट अडान प्रस्तुत गर्नुभयो। उहाँले स्थानीय सरकारी अस्पतालमा अझै गुणस्तरीय सुधार आवश्यक रहेको औंल्याउँदै विशेषगरी ल्याब तथा रगत परीक्षण सेवामा कमजोरी रहेको बताउनुभयो। “सामान्य परीक्षणका लागि पनि बिरामी बाहिर जानुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” उहाँले भन्नुभयो, “आधुनिक ल्याब र पूर्ण रगत परीक्षण सेवा सरकारी अस्पतालमै उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।”

    स्वास्थ्य सेवाको विस्तार सन्दर्भमा उहाँले आफ्नी आमाद्वारा सञ्चालित संस्थामार्फत भुरिगङ्गाका प्रत्येक वडामा मासिक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको जानकारी दिनुभयो। ती शिविरमा प्रदान गरिने सेवा धेरै स्थानमा सहज रूपमा उपलब्ध नभएको उल्लेख गर्दै आगामी दिनमा यस्ता सेवामूलक कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइने प्रतिबद्धता जनाउनुभयो।

    शिक्षातर्फ संकेत गर्दै डा. कोइरालाले स्थानीयस्तरमै कलेज स्थापना गर्न पहल गर्ने घोषणा गर्नुभयो। हाल उच्च शिक्षाका लागि विद्यार्थीहरू विराटनगर जान बाध्य रहेको र आर्थिक रूपमा कमजोर परिवारका लागि यो चुनौतीपूर्ण बनेको बताउँदै उहाँले भन्नुभयो, “अब हाम्रो छोराछोरीले पढ्न घर छोड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ।”

    सभामा उपस्थित सुकुम्बासी समुदायलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी समस्या राष्ट्रियस्तरको भए पनि स्थानीय तहबाट निष्पक्ष र पारदर्शी समाधानका लागि आफू सक्रिय रहने बताउनुभयो। सम्बन्धित आयोगका केन्द्रीय सदस्यलाई क्षेत्रमै ल्याएर लालपुर्जा वितरण प्रक्रिया पारदर्शी ढंगले अगाडि बढाइने उहाँको भनाइ थियो।

    विकास निर्माणका क्षेत्रमा भइरहेका कामलाई निरन्तरता दिँदै सडक, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत पूर्वाधारमा थप सुधार गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। सभामा महिलाहरूको उल्लेखनीय उपस्थितिलाई सकारात्मक संकेतका रूपमा लिँदै महिला उद्यमशीलता प्रवर्द्धनका लागि तालिम तथा आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो।

    उहाँले मतदातालाई प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आग्रह गर्नुभएको थियो। सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend